सन्तान शब्दको अर्थ खोज्दै


सन्तान शब्दको अर्थ खोज्दै
हिडेकी छु म
एउटी आमा भएर!
तिरस्कार गरेर वृद्धाश्रम
पुर्याउने चै हुन कि ?
मिठो बोलेर थोपा थोपा चूस्नेचै !
ठम्याऊन गारो परेको छ
कहाँ मिल्छ होला !
मेरै आमा सङ्ग सोध्न पुगेछु!
फेरी म, सन्तान शब्दको अर्थ
वृद्धाश्रमतिर औँल्याएर 
देखाईन
हेर दूधको मूल्य हेर भन्दै
ए हेर, छन भने आखाँ त्यहि 
पथमा लडिरहेका 
जीवित लाशहरूलाई
सोध गएर सक्छस भने !
यी हेर आफ्नो शूद्धी हराएका
बौलाहा भन्छस त जस्लाई
त्यस्को गर्भमा उम्रेको
त्यो टूँसोलाई !
सोध त गएर सक्छस भने
यो सन्तान शब्दको अर्थ
तैले बुझेका दिन आऊनु
म फेरी आमा बन्दिन्छु,
त फेरि सन्तान बन्दिनु ।

हिरनमयी आचार्य शर्मा
गुवाहाटी,असम,भारत

हामीलाई लेख-रचना ईमेल मार्फत पठाउन सक्नुहुनेछ 
lekhapadhimedia@gmail.com