ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा


लेखक : लेखापढी      १५ श्रावण २०७८, शुक्रबार १४:५७ मा प्रकाशित     
ठमेलमा चिनियाँको मदिरा कारखाना, प्रहरीको छापा

काठमाडौँ- ठमेलको ज्याठामा चिनियाँ नागरिकले सञ्चालन गरेको घरेलु मदिरा उत्पादन गर्ने कारखाना पत्ता लागेको छ । महानगरीय अपराध महाशाखाले छापा मारेर चिनिया नागरिक सहित ठुलो मात्रामा मदिरा बरामद गरेको छ ।

​घर भाडामा लिएर सञ्चालन गरिएको मदिरा कारखानामा छापा मारेर करिब १० हजार लिटर मदिरा बरामद गरिएको महाशाखाका प्रमुख (एसएसपी) चन्द्र कुवेर खापुङ्गले बताएका छन् ।  चीनको जियाङ्गसु प्रान्त घर भएका सिजि उईले ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेका थिए ।  सरकारी अनुमति बिना लोकल मदिरा उत्पादन गर्ने सिजि उईलाई महाशाखाले नियन्त्रणमा लिएको छ । बरामद मदिरा आन्तरिक राजस्व कार्यालयलाई थप अनुसन्धान र कारवाहीका लागी बुझाइने एसएसपी खापुङ्गले बताए ।

लोकल रक्सी उत्पादन गर्ने मेशिन पनि प्रहरीले बरामद गरेको छ । रक्सी उत्पादन गर्ने चिनियाँले ५ तले घर भाडामा लिए त्यहाँ होटल पनि सञ्चालन गरेका थिए । ‘होटल स्वीट ठमेल होटल एण्ड रेष्टुरेन्ट’ काठमाडौं महानगरपालिका वडा नम्बर–२६ मा दर्ता गरेको पाइएको छ । महाशाखाले सो घर सिल गरेको छ ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!