प्रधानसेनापति पूर्णचन्द्र थापाबाट कमान्ड हेड क्वाटरको निरीक्षण


प्रधानसेनापति  पूर्णचन्द्र थापाबाट कमान्ड हेड क्वाटरको निरीक्षण

काठमाडौँ । प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारबाट स्वीकृत भई लागु भएका सेनाको संगठनात्मक पुनर्संरचना अन्तर्गत यही १ साउनबाट सञ्चालनमा आएका कमान्ड हेड क्वाटरहरूको निरीक्षण भ्रमण गरेका छन् । 

यस क्रममा उनले ७ साउनमा श्री पूर्वी कमान्ड हेड क्वाटर हिले, १० गते श्री मध्य कमान्ड हेड क्वाटर पोखरा, १२ गते श्री उपत्यका कमान्ड हेड क्वाटर नारायणहिटी र १४ गते श्री पश्चिम कमाँड हेड क्वाटर सुर्खेतको भ्रमण गरेका छन् ।

भ्रमणको दौरान ७ साउनमा प्रधानसेनापति थापाले धनकुटास्थित निशान भगवती मन्दिरको पूजा तथा शिलालेखसमेत अनावरण गरेका थिए । 
उनले भ्रमणम कमान्ड हेड क्वाटरहरूमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाकामा कमान्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना, प्रदेशसँगको समन्वयको व्यवस्था, विद्यमान चुनौती तथा समाधानका उपायहरू सम्बन्धी जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधन गरेको जंगी अड्डाले जनाएको छ । -१२खरिबाट