चीनले टोकियो ओलम्पिकमा बनायो विश्व कीर्तिमान


लेखक : लेखापढी      १४ श्रावण २०७८, बिहीबार १४:२६ मा प्रकाशित     
चीनले टोकियो ओलम्पिकमा बनायो विश्व कीर्तिमान

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत चीनले नयाँ कीर्तिमान बनाएको छ । चीनले पौडीको महिला ४ गुणा २०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानसहित स्वर्णपदक जितेको हो । 

ओलम्पिकमा चीन हाल १४ स्वर्णसहित तालिकाको शीर्ष स्थानमा  छ । दोस्रो स्थानमा रहेको जापानको १३ स्वर्ण छ ।

बिहीबार चीनले ७ः४०.३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो । टोकियो एक्वेटिक सेन्टरमा जितेको यस स्वर्णले चीनलाई पदक तालिकामा शीर्ष स्थानमा समेत पुर्‍याएको छ । यस स्पर्धामा यसअघि अष्ट्रेलियाले ७ः४१.५० मिनेटको कीर्तिमान बनाएको थियो । 

याङ जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेको हो । अमेरिकाले ७ः४०.७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७ः४१.२९ मिनेटसहित कास्यपदक जितेको छ ।