म त छैन


लेखक : लेखापढी      १४ श्रावण २०७८, बिहीबार १७:२२ मा प्रकाशित     
म त छैन

म त छैन नि अब
त्यसैले, कथाकार भएर
कथामै केही समय बिताइदिन्छु
रोदन, क्रन्दन र चित्कारका शब्द फेरेर
अर्को शब्द म लेखिदिन्छु

म त छैन नि अब
कवि, कविताका केही हरफ
लेखिदिन्छु ममता करुणा र भावनाका
शब्दशब्द बुनेर शैलीबद्ध गरिदिन्छु
पंक्ति, पंक्ति मिलाएर
एकताको सुत्रमा बॉंधिदिन्छु

म त छैन नि अब
गायक भएर कहिलेकाहीँ
कौसी र बार्दली घन्काइदिन्छु
मीठा र नमिठा भावले कहिले आँखा रसाइदिन्छु
कहिले साह्रै रमाइउदै
आकाश हेरेर मुस्कुराइदिन्छु

म त छैन नि अब
केही समयदेखि बिहान
छिट्टै उठ्छु,
योगअभ्यासमा व्यवस्थित हुदै
प्राणायाम धेरै गर्छु
मोटोपनसँग डरार्ई
शारीरिक व्यायाम त्यतिकै गर्छु

जीवन केहि छैन
आर्यघाटको पाठ छ
खुल्ला आकाश हेरेँ
यसले पनि यही बताउँछ
शुन्यताबाट आई शुन्यतामा नै
बिलाउनुछ शुन्यताबाट
आर्ई शुन्यतामा नै बिलाउनुछ ।।


इन्दिरा ढकाल

(इन्दिरा ढकाल कविता, लघुकथा  लेखनमा सक्रिय हुनुहुन्छ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!