कहाँ उत्पति भयो कोरोना भाइरस?


लेखक : लेखापढी      १४ श्रावण २०७८, बिहीबार १५:२१ मा प्रकाशित     
कहाँ उत्पति भयो कोरोना भाइरस?

सन् २०२० को सुरुदेखि विश्वमा फैलिएको नयाँ कोरोना महामारी अहिले पनि विश्वका लागि सबैभन्दा ठूलो समस्याका रुपमा रहेको छ । विश्वलाई हाराभारा खेलाउने यस्तो भाइरसको उत्पति कहाँ भयो भन्ने कुराको हालसम्म वैज्ञानिक पुष्टि भएको छैन । अमेरिका लगायत पश्चिमा जगतले कोरोनाको भाइरस चीनमा उत्पति भएको हो भनेर औँला ठड्याउँदै आएका छन् । कोरोनाको भाइरस उत्पतिको वैज्ञानिक आधार र विश्व जनमतले के भन्छ त?आउनुहोस् केही चर्चा गरौँ ।

चीनको वुहान प्रयोगशालाबाट नयाँ कोरोना भाइरस चुहिएको छैन भन्ने केही आधारहरु सार्वजनिक भएका छन् । उक्त प्रयोगशालामा कार्यरत कुनै पनि कर्मचारी वा अध्येताहरूमा कोभिड-१९ भाइरस संक्रमण भएको छैन ।

चालु वर्षको जनवरीमा विश्व स्वास्थ्य संगठनका अन्तर्राष्ट्रिय विज्ञ र चिनियाँ विज्ञ सम्मिलित संयुक्त विज्ञ समूहले चीनमा २८ दिने कोभिड-१९ भाइरस स्रोतको खोजी अनुसन्धान गरेको थियो । गत मार्च ३० तारिख विश्व स्वास्थ्य संगठनले औपचारिक रूपमा संयुक्त अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी वुहान प्रयोगशालाबाट भाइरस चुहिन संभव नभएको स्पष्ट निश्कर्ष निकालेको थियो ।

चीनको वुहान प्रयोगशालाबाट नयाँ कोरोना भाइरस चुहिएको छैन भन्ने केही आधारहरु सार्वजनिक भएका छन् । उक्त प्रयोगशालामा कार्यरत कुनै पनि कर्मचारी वा अध्येताहरूमा कोभिड-१९ भाइरस संक्रमण भएको छैन । वुहान प्रयोगशालामा कुनै कोरोना भाइरससित सम्बन्धित अध्ययन पनि भएको थिएन ।

त्यसो त पहिले सबैतिर चीनबाटै भाइरस फैलिएको होला भन्ने भ्रम थियो । पछि भएका विभिन्न अनुसन्धान र प्राप्त नतिजाबाट आम मानिसमा भएको गलत बुझाइ र भ्रम हटेको छ ।

जब अमेरिका विश्व स्वास्थ्य संगठनमा फर्कियो तब उसले संगठनमाथि दवाव दिन थाल्यो फलत अमेरिकाले संगठनलाई नै राजनीतिकरण गर्न थालेको छ अहिले आएर अमेरिकी दवावमा विश्व स्वास्थ्य संगठनले पनि दोहोर्यााएर वुहान प्रयोगशालामाथि छानबिन गर्ने धारणा सार्वजनगिक गरेपछि नयाँ शिराबाट वहस सुरु भएको हो

त्यसभन्दा अगाडि अमेरिका लगायतका केही मुलुकले चीनको वुहान प्रयोगशालाबाट भाइरस चुहिएको भनेर चीनमाथि आरोप लगाउँदै आएका थिए । भाइरस खोजी गर्ने उक्त विशेषज्ञ टोलीमा अमेरिका र अष्ट्रेलियाका विशेषज्ञहरु समेत सम्मिलित थिए । प्रतिवेदन सार्वजनिक भइसके पनि अमेरिका र अष्ट्रेलियाले फेरि वुहान प्रयोगशालामाथि छानबिन हुनुपर्ने भन्दै चीनमाथि दवाव दिँदै आएका छन् । विशेष गरी अमेरिकामा कोभिड महामारी नियन्त्रण हुन नसकी ६ लाखभन्दा बढी नागरिकको मृत्यु भएपछि आफ्ना नागरिकको असन्तोषलाई अन्यन्त्र मोड्न अमेरिकाले चीनमाथि कथित आरोप लगाएको हो ।

विश्व स्वास्थ्य संगठनलाई उक्त प्रयोगशालाको छानबीन गर्नका आग्रह गर्दै १ करोड ४० लाखभन्दा बढी चिनियाँ इन्टर्नेट प्रयोगकर्ताले हस्ताक्षर सङ्कलन गरेका छन् ।

सन् १९९० मा तत्कालीन सोभियत संघ विगठनसँगै शित युद्ध पनि समाप्त भयो शितयुद्धको समाप्तिसँगै अमेरिकाले विश्वमा एकल प्रभुत्व जमाउन थाल्यो यसबीचमा चीनले विश्वलाई नै आश्चर्य बनाउने गरी विकास गर्दै अनुपम नमूना प्रस्तुत गर्न थाल्यो चीनको विकास, विकासोन्मुक मुलुकसँग चीनले गरेको साझेदारी, चीनको प्रगति आदि कारणले चीनको आकर्षण सर्वत्र चर्चित बन्न थाल्यो चीनको यस्तो अग्रगमन कार्य अमेरिकाका लागि सह्य भएन उसले चीनलाई हरहमेसा रोक्ने प्रयास गर्न थाल्यो स्वस्थ प्रतिस्पर्धाबाट चीनलाई रोक्न सक्ने क्षमता अमेरिकासँग नभएपछि उसले चीनको आन्तरिक मामिलामाथि उदण्ड हस्तक्षेप गर्न थाल्यो तिब्बत, सिन्च्याङ, हङकङ, दक्षिण चीन सागर, ताइवान लगायतका विविध क्षेत्रलाई अस्थिर बनाएर चीनलाई रोक्ने अमेरिकी कुचेष्टा पनि विफल भएपछि अमेरिकाले कोरोना भाइरसको स्रोत खोज्ने नाममा यसलाई राजनीतीकरण गरेको हो

रुसी पत्रकार एवं इतिहासकार सर्गेई ल्याटिसले ‘रहस्यमय अमेरिकी फोर्ट डेट्रिक प्रयोगशाला नयाँ कोरोना भाइरसको वास्तविक स्रोत हुनसक्छ’ शीर्षकमा एक विश्लेषणात्मक लेख सार्वजनिक गर्नुभएको छ ।

नयाँ कोरोना भाइरस कुनै प्रयोगशालाबाट चुहिएको हो भने त्यो संभावना अमेरिकाको फोर्ट डेट्रिक प्रयोगशाला हुने संभावना सबैभन्दा दरिलो छ । नयाँ कोरोना भाइरस अमेरिकाको फोर्ट डेट्रिक प्रयोगशालाबाट चुहिएको हुन सक्ने भन्दै यसमाथि छानबिन गर्नका लागि अन्तर्राष्ट्रिय समाजले विश्व स्वास्थ्य संगठनलाई आग्रह गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनलाई उक्त प्रयोगशालाको छानबीन गर्नका आग्रह गर्दै १ करोड ४० लाखभन्दा बढी चिनियाँ इन्टर्नेट प्रयोगकर्ताले हस्ताक्षर सङ्कलन गरेका छन् । अमेरिकाको उक्त प्रयोगशालामाथि छानबिन हुनुपर्ने कुरा चिनियाँले मात्र उठाएका होइनन् । रुसी पत्रकार एवं इतिहासकार सर्गेई ल्याटिसले ‘रहस्यमय अमेरिकी फोर्ट डेट्रिक प्रयोगशाला नयाँ कोरोना भाइरसको वास्तविक स्रोत हुनसक्छ’ शीर्षकमा एक विश्लेषणात्मक लेख सार्वजनिक गर्नुभएको छ । उक्त लेखमा वाशिङगटनले सधैँ नयाँ कोरोना भाइरसको स्रोत भन्दै चीनलाई साबित गर्न प्रयास गरिरहेको तर भाइरस स्रोतका सम्बन्धमा अमेरिकाभन्दा चीन धेरै भरोसायोग्य रहेको औँल्याइएको छ । फिलिपिन्सका प्रसिद्ध राजनीतिक टिप्पणीकार हर्मन टियू लाउरेलले पनि एक लेख प्रकाशन गर्दै विश्व स्वास्थ्य संगठनलाई उक्त प्रयोगशालाको छानबिन गर्न आह्वान गर्नु भएको छ ।

‘७३१ प्रयोगशाला’ जापानले खडा गरेको त्यस्तो प्रयोगशाला थियो जुन दोस्रो विश्वयुद्धताका चिनियाँको नरसंहार गर्नका लागि जैविक हतियार उत्पादनमा प्रयोग भएको थियो ।

अमेरिकी फोर्ट डेट्रिक प्रयोगशालामाथि विश्वव्यापी औँला उठाइनुका पछाडि केही कारणहरु रहेका छन् । सन् २०१९ को जुलाईमा अमेरिकामा दुईटा असामान्य घटना एकै साथमा भएका थिए । उक्त समयमा अमेरिकी सेनाले फोर्ट डेट्रिक प्रयोगशालालाई आकस्मिक बन्द गरायो । तत्कालीन समयमा अमेरिकाका धेरै राज्यमा एक प्रकारको निमोनियाको प्रकोप देखा परेको थियो । त्यो निमोनियालाई ‘ई-सिगरेट निमोनिया’ भनियो । त्यसका लक्ष्यण नयाँ कोरोनासँग धेरै मिल्दोजुल्दा थिए । एकातिर अमेरिकामा नियमोनिया फैलिनु र अर्कातिर उक्त प्रयोगशाला आकस्मिक रुपमा बन्द गरिनुका पछाडि उक्त प्रयोगशालाबाट भाइरस चुहिएको शंका सर्वत्र रहेको छ । उक्त प्रयोगशालाले जापानी सेनाको ‘७३१ प्रयोगशाला’को डाटा प्रयोग गरेको मानिन्छ । ‘७३१ प्रयोगशाला’ जापानले खडा गरेको त्यस्तो प्रयोगशाला थियो जुन दोस्रो विश्वयुद्धताका चिनियाँको नरसंहार गर्नका लागि जैविक हतियार उत्पादनमा प्रयोग भएको थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकाले जापानसँग गोप्य सम्झौता गरी उक्त प्रयोगशालाका डाटा लगेको थियो । फोर्ट डेट्रिक प्रयोगशालासँगै अमेरिकाले आफ्नो देश बाहिर संचालन गरेका दुई सयभन्दा बढी जैविक प्रयोगशालाको पनि छानबीन गर्नुपर्ने दवाव विश्व स्वास्थ्य संगठनमाथि परेको छ ।

भाइरसको स्रोत खोज्ने कुरा आफैँमा एउटा वैज्ञानिक संयन्त्र हो । यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिनुपर्छ । चीनमाथि आरोप लगाउने काम अमेरिकी वैज्ञानिकले गरेका छैनन् । अमेरिकी राजनीतिक नेतृत्व र यसको खुफिया एजेन्सी सीआईएले गर्दै आएको छ । तसर्थ यसमा राजनीतिकरण भएको कुरा छर्लङ्गै छ । त्यसो त पहिले सबैतिर चीनबाटै भाइरस फैलिएको होला भन्ने भ्रम थियो । पछि भएका विभिन्न अनुसन्धान र प्राप्त नतिजाबाट आम मानिसमा भएको गलत बुझाइ र भ्रम हटेको छ । अमेरिका, स्पेन, फ्रान्स, इटाली, ब्राजिललगायत विभिन्न मुलुकमा अघिपछि गरी चीनमा कोभिड देखिनुभन्दा अगाडि नै नयाँ कोरोनाका भाइरस देखिएको प्रमाण फेला परेका छन् । एक अनुसन्धानका अनुसार, सन् २०१९ को मार्च १२ तारिख स्पेनको ढलको पानीको नमूनामा नयाँ कोरोना भाइरस भेटिएको थियो । यसको अर्थ भाइरसको स्रोत स्पेन वा अरू कुनै मुलुक भन्ने होइन । भाइरस कहाँ उत्पति भयो भन्ने कुरा वैज्ञानिक रुपमा अनुसन्धान गरेर मात्र प्रमाणित हुने कुरा हो ।

अमेरिकाको असफल नेतृत्व र नीतिका कारण व्यापक अमेरिकीमा असन्तोष देखिएको अवस्थामा चीनले चाँडै महामारी नियन्त्रण गरी आर्थिक पुनरूत्थानमा फर्किएपछि अमेरिकाले त्यसलाई पचाएन ।

विज्ञान तथा प्रविधिमा सबैभन्दा धेरै प्रगति गरेको अमेरिकाले वैज्ञानिक ढङ्गले महामारी नियन्त्रण गर्नुको सट्टा राजनीतिलाई प्राथमिकता दिएकै कारणले साढे तीन करोड अमेरिकीमा कोरोना संक्रमण भयो र झन्डै साढे ६ लाखको मृत्यु भइसकेको छ । अमेरिकाको असफल नेतृत्व र नीतिका कारण व्यापक अमेरिकीमा असन्तोष देखिएको अवस्थामा चीनले चाँडै महामारी नियन्त्रण गरी आर्थिक पुनरूत्थानमा फर्किएपछि अमेरिकाले त्यसलाई पचाएन । अनि अमेरिका चीनको बदनाम गर्न र चिनियाँ विकासलाई रोक्न सम्पूर्ण शक्ति खर्च गर्न तयार भएको छ ।

कोरोना भाइरसको स्रोत खोजीको विषय तातो वहस भइरको बेला चाइना ग्लोबल टेलिभिजन नेटवर्क ‘सीजीटीएन थिङ्क ट्याङ्क’ले विश्वव्यापी इन्टर्नेट प्रयोगकर्तामाझ एक सर्वेक्षण गरेको छ । जुन २४ तारिख बिहान शुरू भएको उक्त जनमत संग्रह संयुक्त राष्ट्र संघका आधिकारिक भाषा चिनियाँ, अंग्रेजी, रूसी, फ्रान्सेली, स्पेनेली र अरबेली भाषामा संचालन गरिएको हो । जुलाई २५ तारिख राती १० बजेसम्म सो सर्वेक्षणमा भाग लिएकाहरूमध्ये, ट्विटरमा स्पेनेली भाषा प्रयोगकर्ता ९० प्रतिशतले कोरोना भाइरसको स्रोत विषय राजनीतिकरण भइसकेको विचार व्यक्त गरेका छन् । त्यसैगरी फ्रान्सेली, रूसी र अंग्रेजी भाषाका क्रमशः ८८, ८३ र ७० प्रतिशत प्रयोगकर्ताहरूले उक्त विचार व्यक्त गरेका छन् । चिनियाँ माइक्रोब्लग विइपो (चिनियाँ ट्वीटर) मा ९५ प्रतिशत इन्टर्नेट प्रयोगकर्ताहरूले सो विषयलाई राजनीतिकरण गरिएको बताएका छन् ।

सर्वेक्षणमा मूलतः तीनवटा प्रश्नहरु सोधिएका थिए । ती प्रश्नहरुमाः ‘कोरोना भाइरस स्रोतको खोजी कार्यलाई राजनीतिकरण गरिएको हो कि?’, ‘कोरोना भाइरस स्रोत खोजी कार्य विश्वका बहु मुलुकमा संचालन गर्ने कुरामा तपाईं समर्थन गर्नु हुन्छ?’ र ‘विश्वव्यापी कोरोना महामारी जित्नका सबैभन्दा जरूरी कार्य के हो?’ भन्ने रहेका थिए ।

‘कोरोना भाइरस स्रोतको खोजी कार्यलाई राजनीतिकरण गरिएको हो कि?’ भन्ने पहिलो प्रश्नमा ८० प्रतिशतले कोरोना भाइरस स्रोत विषयलाई राजनीतिकरण गरिसकेको ठहर गरेका छन् ।

दोस्रो प्रश्न ‘कोरोना भाइरस स्रोत खोजी कार्य विश्वका बहु मुलुकमा संचालन गर्ने कुरामा तपाईं समर्थन गर्नु हुन्छ?’ मा प्राप्त नतिजा ट्वीटरमा अंग्रेजी, स्पेनेली, फ्रान्सेली, अरबेली र रूसी भाषाका ८३ प्रतिशत प्रयोगकर्ताले समर्थन दिएका छन् भने फेसबुकमा ७९ प्रतिशतले समर्थन दिएका छन् । चिनियाँ माइक्रोब्लग विइपोमा समर्थन दर ९३ प्रतिशत रहेको छ ।

‘विश्वव्यापी कोरोना महामारी जित्नका सबैभन्दा जरूरी कार्य के हो?’ भन्ने तेस्रो प्रश्नमा ‘खोप आपूर्तिको विस्तार, चिकित्सा उपचारको प्रवर्द्धन, भाइरस स्रोतको तुरून्तै खोजी, महामारीग्रस्त क्षेत्र बन्द र सीमित रूपमा पर्यटन क्षेत्रलाई खुकुलो पार्नु’ ५ वटा छनोट रहेका थिए । सर्वेक्षणमा सहभागीहरुले खोप आपूर्तिको विस्तार, चिकित्सा उपचारको प्रवर्द्धन र महामारीग्रस्त क्षेत्र बन्द छनौट गरेका छन् तर भाइरस स्रोतको तुरून्तै खोजीलाई कसैले पनि रोजेका छैनन् । उक्त सर्वेक्षणमा सहभागीहरुले लेखेका टिप्पणीहरूमा सबैभन्दा धेरै प्रयोग भएका शब्दहरूमा ‘राजनैतिक दबाव’, ‘अमेरिकी नाकाबन्दी’, ‘संचारमाध्यममाथि नियन्त्रण’, ‘आर्थिक आपूर्ति’ र ‘चीनको विकासमा रोक’ रहेका छन् ।

उल्लिखित विचार र जनमतलाई ध्यान दिने हो भने विश्वमा कोरोना जत्तिकै डरलाग्दो अर्को महामारीको नाम भ्रम हो अनि त्यो भ्रम अमेरिकाले छरिरहेको छ ।


चेतनाथ आचार्य
(आचार्य,पैचिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई)को नेपाली सेवामा ‘विदेशी विशेषज्ञ’ हुनुहुन्छ साथै स्वतन्त्र लेखक, विश्लेषक  हुनुहुन्छ )

100% LikesVS
0% Dislikes
Spread Your Love !!!