मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आईपिओ) आजबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला भएको छ।
निष्काशन गरिने कूल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारी लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपिओमा साउन १४ गतेदेखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आईपिओमा आवेदन दिनसकिने छ ।
न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।