नियमित राति ल्वाङ खादा स्वास्थ्यमा चमत्कार, पढ्नुस यी रोगका लागि रामबाण औषधि


लेखक : लेखापढी      १४ श्रावण २०७८, बिहीबार ०५:४३ मा प्रकाशित     
नियमित राति ल्वाङ खादा स्वास्थ्यमा चमत्कार, पढ्नुस यी रोगका लागि रामबाण औषधि

हाम्रो दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ । राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ । सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्दछ।

आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणु प्रतिरोधी, एन्टिसेप्टिक एवं एनाल्जेसिकका रूपमा काम गर्दछ ।  ल्वाङमा फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिज तत्त्व भरपुर पाइन्छ। यसले हाम्रो शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ ।

बजारमा पाइने धेरैजसो ल्वाङ्ग चाउरिएको, सुकेको वा चिरा परेको हुन्छ, जुन फाइदाजनक हुँदैन किनभने त्यस्तो ल्वाङ्गमा रहेको तेल निकालिएको हुन्छ । बजारमा ल्वांग किन्दा सधै पुष्ट, राम्रो हेरेर किनुपर्दछ । ल्वांगमा हुने तेल नै यसको औषधीय गुण हो ।

नियमित ल्वाङ्ग सेवन गर्दा हुने फाइदा:

१- घाँटीको खसखस: दिनहु खाने विभिन्न खानेकुरामा चिल्लो, पिरो वा अत्यधिक मसाला हुदा घाटीमा खसखस हुने, खोकी लाग्ने, घाटि दुख्ने समस्या देखिन सक्छ। यदि दिनमा ३-४ ल्वाङ्ग  चपाउने हो भने घाटिको समस्या निको हुने गर्दछ ।

२- शक्ति बर्धक वा रोग प्रतिरोधात्मक: ल्वाङमा इम्युन बुस्टर हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउन सहयोग गर्छ । ल्वाङको नियमित सेवनले कमजोरी हट्छ, यौन दुर्बलतामा समेत सुधार हुने गर्दछ। 

३- पेट सफा राख्न: दिनमा २–४ वटा ल्वाङ चपाएर खानाले पूरै दिन ताजापन महसुस हुनाका साथै पेट पनि सफा रहन्छ । नियमित ल्वाङको सेवनले हरेक दिन पेट सफा हुन्छ ।

४-  हातगोडा काम्ने समस्या: कतिपयमा हातगोडा काम्ने समस्या हुन्छ । यस्तो समस्या छ भने हरेक रात सुत्नुअघि १–२ वटा ल्वाङ चपाएर खानुपर्छ । केही दिनपछि हातगोडा काम्ने समस्या निर्मूल हुन्छ ।

५- घाउको उपचार: ल्वाङ निकै कडा रसयुक्त हुन्छ । कुनै पनि प्रकारको घाउ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घाउमा लगाउँदा घाउ छिटै निको हुन्छ । काटेको वा अन्य चोटपटक लागेको अवस्थामा ल्वाङलाई पिसेर त्यसमा बेसार मिसाई लगाउँदा चोट चाँडै निको हुन्छ । यसो गर्दा घाउ पाक्ने सम्भावना रहँदैन ।

६- दाँत दुखाइमा रामबाण: तपाईंको दाँत दुखेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ ठीक त्यहीँ लगाउनुहोस् । तुरुन्तै आराम मिल्छ । अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ । यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम हुनथाल्छ । ल्वाङले दाँतका सबैखाले संक्रमण हटाउँछ ।
ल्वांग पिडानासक (pain killer) का रुपमा पनि काम गर्दछ ।

७- टाउको दुखाईमा फाइदाजनक: यदि सामान्य टाउको दुखाईमा २–३ वटा ल्वाङ पिसेर मनतातो पानीसँग स्वाट्ट पिइदिनुपर्छ । केही बेरपछि नै राहत महसुस हुन्छ ।

८- अन्य औषधीय गुणहरु: ल्वांग पिसेर धुलो बनाई महसंग मिसाएर नियमित सेवन गर्नेले अन्य स्वास्थ्य फाइदा हुने गर्दछ ।
(ल्वांग स्वास्थ्यको लागि धेरै फाइदाजनक भए पनि यो गरम प्रकृतिको हुदा अत्यधिक सेवन गर्नु हुदैन,आयुर्बेदिक बिशेषज्ञ वा स्वास्थ्यकर्मिको सल्लाहमा सेवन गर्दा उचित हुनेछ ।)

100% LikesVS
0% Dislikes
Spread Your Love !!!