सांसद पदमा पुनर्बहालीको माग गर्दै ‘पूर्वमाओवादी’ सांसदले दिए सर्वोच्चमा रिट


लेखक : लेखापढी      १३ श्रावण २०७८, बुधबार १५:०१ मा प्रकाशित     
सांसद पदमा पुनर्बहालीको माग गर्दै ‘पूर्वमाओवादी’ सांसदले दिए सर्वोच्चमा रिट

नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका पूर्व सांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।

चारैजना पूर्व सांसदले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिएका हुन् । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!