सत्ता गठबन्धनका नेताहरूको बालुवाटारमा बैठक,


लेखक : लेखापढी      १३ श्रावण २०७८, बुधबार १२:२१ मा प्रकाशित     
सत्ता गठबन्धनका नेताहरूको बालुवाटारमा बैठक,

सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  बसिरहेको छ। पाँच दलीय गठबन्धनको बैठक ९  बजेदेखि सुरु भएको हो ।  

मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

 बैठकमा एमाले माधव कुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी छन् । 

50% LikesVS
50% Dislikes
Spread Your Love !!!