इजरायल जानका लागि कामदारसँग आवेदन मागः न्यूनतम तलब १६ सय डलर


लेखक : लेखापढी      १२ श्रावण २०७८, मंगलवार १०:५७ मा प्रकाशित     
इजरायल जानका लागि कामदारसँग आवेदन मागः न्यूनतम तलब १६ सय डलर

वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा नेपाली सहायक कामदार छनोटका लागि आवेदन आह्वान गरेको छ । 

विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार  मंगलबार सूचना प्रकाशित गर्दै एक हजारजनाको लागि आवेदन आह्वान गरिएको छ । सूचनामा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ । 

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र विभागको वेब पोर्टल ferms.dofe.gov.np मा गई अनलाइन आवेदन दर्ता गर्न भनिएको छ ।

राेजगारमा जान लागत शुल्क भने एक लाख ६५ हजार रुपैयाँ लाग्ने  भने न्यूनतम तलब १६ सय डलर (झन्डै एक लाख ९० हजार रुपैयाँ) छ । छानिएको कामदारले ५ वर्षसम्म काम गर्न पाइनेछ ।

सूचना पढन् यहाँ क्लिक गर्नुहाेस । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!