साफ फुटबल आयोजना गर्न नेपालले पायो औपचारिक प्रस्ताब


लेखक : लेखापढी      ११ श्रावण २०७८, सोमबार ०४:०८ मा प्रकाशित     
साफ फुटबल आयोजना गर्न नेपालले पायो औपचारिक प्रस्ताब

काठमाडौं । १३औँ संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव आएको छ । बंगलादेशले साफ फुटबल आयोजना नगर्ने भएपछि नेपालले साफ आयोजना गर्ने प्रस्ताव गरिएको थियो ।

उक्त प्रस्तावपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाललाई प्रतियोगिता आयोजना प्रस्ताव गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार साफबाट प्रतियोगिता आयोजनाका लागि पत्र आएको जनाएको छ ।

साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेका हुन् । अब नेपालले साफ आयोजना गर्ने सम्भावना बढेको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालले साफ सफल रुपमा आयोजना गर्ने बताएका छन् । उनले सरकारसित पनि बजेटको माग गर्दै साफ आयोजनाको तयारीमा लाग्ने बताए ।
-१२ खरिबाट 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!