राष्ट्रघाती सम्झौता एमसीसी (MCC) बिरुद्ध आवाज बुलन्द गरौ!!
नेपालमा बिगत केहि बर्ष यता चर्चामा रहेको “मिलेनियम च्यालेन्ज कर्पोरेसन” प्रोजेक्ट ठुलो बिबादमा परेको छ ।
यो योजना पश्चिमाहरुको ठुलो रणनीति एबं नेपालमा आफ्नो बेस बनाएर दक्षिण एशियामै द्वन्द्व निम्त्याउने एक कुटिल चाल हो भन्नेमा धेरै विद्वान एबं विश्लेषकहरुको धारणा रहेको देखिन्छ । ब्रिटिशहरुले भारतमा इस्ट इन्डिया कम्पनि मार्फत शासन गरे जस्तै नेपालमा अमेरिकाको रणनीति हो भन्ने देखिदै आएको छ ।
एमसीसी प्रोजेक्ट अन्तर्गत नेपालमा मुख्यतया बिधुत, सडक, स्वास्थ्य र खानेपानीको क्षेत्रमा ठुलो लगानी गर्ने दिर्घकालिन योजना अघि सारेको छ । लामो समय देखि बिबादित र सम्भबत सबैलाई थाहा भएको इतिहास कै ठुलो राष्ट्रघाती सम्झौता MCC अन्तत असक्षमको बिल्ला भिरेका प्रम देउवाको कार्यकालमा संसदबाट पास हुने छनक देखिएको छ।
देउवा, ओली र माकुने लगायतका नेताहरुलाई राजा फालेर नेपाल लुट्ने ब्यबस्था मिलाई दिदै भारतीय राजदुताबासले दिने दशैँ भत्ता, प्रचण्ड-बाबुरामलाई १० वर्ष दिल्ली दरबारमा राखेर बासमती चामलको भात र बिदेशी ब्राण्डको रक्सि खुवाउदै पालेको भारत र १७ हजार मानिस मार्दा पनि अन्तरास्ट्रिय अदालत हेगमा लगेर फासी दिनु पर्ने मान्छेलाई पटक-पटक प्रधानमन्त्रिको पद दिलाउने पश्चिमाहरुले यी एजेन्टहरुलाई सावा-ब्याज उठाउन MCC जस्तो इतिहास कै ठुलो राष्ट्रघाती सम्झौतालाई संसद बाट पास गराउदै छन।
MCC राष्ट्रघाती सम्झौता मात्र होइन इतिहास कै सबै भन्दा ठुलो राष्ट्रघात हो भन्ने कुरा म जस्तो सामान्य नाथेलाई त थाहा छ भने बर्षौ देखि राष्ट्रको ढुकुटीमा रजाई गरेका आफुलाई महान नेता र नामको अगाडी सम्माननिय थप्ने राष्ट्रघातीलाई थाहा नहुने कुरै भएन। यस्तै राष्ट्रघाती सम्झौताहरुलाई आफ्नो स्वार्थ अनुरुप पारित गराउन हजारौ अपराधलाई अनदेखी गरेका मालिकहरुको कुरा नमाने सुलेमानी र गद्दाफी हुने निश्चित छ। सम्झौता पास गरे आफ्नै नेपालीबाट मारिन सक्ने चक्रव्यूहमा फसेका माननीयहरुको खटपटी हेर्न लायक छ।
सुन्दा सामान्य लाग्न सक्छ यो एक सहयोग हो किन नलिने भन्नेहरु पनि छन तर यो सहयोग हुदै होइन। बिश्व महाशक्तिको रुपमा उदाउदो चिनलाई रोक्ने फ्री तिब्बतको एजेन्डालाई चिन बिरुद्द प्रयोग गर्ने इन्डो प्यासिफिक सैनिक रणनीतिको साझेदारका लागि गराइएको एक घुमाउरो रणनीति हो र यो सहयोगमा आउने भनिएको ५० करोड डलरको ८०% भन्दा बढी रकम उनीहरुलाई सुरक्षित बासिस्थानका लागि पूर्वधार निर्माणमा जानेछ। बाकी २०% रकमको लागी सिंगो देशलाई उपनिबेस बनाउने राष्ट्रघाती किर्नाहरुलाई जहा भेट्यो त्यही जुताको माला लगाउन जरुरी छ।
बर्तमान परिस्थितिमा दुई बिसाल शक्तिशाली देशको माझमा अति कमजोर अर्थतन्त्र र भुपरिबेस्ठित भौगोलिक बनावट भएको हाम्रो जस्तो शान्त देशले आफ्ना छिमेकि राष्ट्रसंग समान पररास्ट्र नीति बनाउन नसक्ने हो भने भविष्यमा अफगानिस्तान जस्तो हालत नहोला भन्न सकिदैन । यो कुरा थाहा हुदा हुदै पनि यो सम्झौता स्वीकार गर्नु एसिड पिउनु जस्तै हो।
पुन: एकपटक सम्पूर्ण राष्ट्रबादी नेपालीहरुले यस्ता राष्ट्रघाती सम्झौता बिरुद्द एक भएर राजनैतिक नेतृत्वमा रहेका यी देशद्रोही नेताहरुलाई बेलैमा किनारा लगाउन आबश्यक रहेको छ ।
राजु क्षेत्री
न्युयोर्क, अमेरिका
यहाँहरुका लेख- रचना हामीलाई पठाउन सक्नुहुनेछ !
ईमेल- lekhapadhimedia@gmail.com