सासू बुहारी : लघुकथा


लेखक : लेखापढी      ११ श्रावण २०७८, सोमबार १२:५३ मा प्रकाशित     
सासू बुहारी : लघुकथा

आमा, साउन लाग्यो भोली सोमवार पनि परेको, म मन्दिर जान्छु है !

सासू :धेर ढर्रा गर्नु पर्दैन् साउन लाग्यो भन्दैमा मन्दिर जानु पर्ने के कुरो हो ? हाम्रो दिनमा यस्तो ढाँचा थिएन। खै हामी बाँचि रहेका छौ त ! घरमा धमाधम काम छ भन्दै फरूवा बोकेर हिड़ेकि सासूतिर एकोहोरो हेरि रहिन बीणा । आँखा रसाएर आए तर रून सकिनन् ।

आमा र सासूको बीच कत्ति फरक हुने रैछ। उनी मनमनै समन्झन्छिन त्यो दिन झलझलि याद आउछ “बीणा छिटो उठ्। आज मन्दिर जाने होइन ?”

जीन्दगीको सबै खुशी सकिए जस्तो महसूस गर्छिन।


कुञ्ज देवी उपाध्याय
शिवसागर, असम

100% LikesVS
0% Dislikes
Spread Your Love !!!