निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा): ‘हेड काउन्ट’ सुरु


निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा): ‘हेड काउन्ट’ सुरु

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद टुंग्याउन अहिले हेड काउन्ट सुरू गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भएको बताएका हुन । उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने बताए ।

आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरुलाई बिहान ११ बजेका लागि बोलाएको थियो । जनता समाजवादी पार्टीका नेताहरू हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग पुगेका हुन ।

आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्नेछ। आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ।।