कोरोना संक्रमितको संख्या २४ घन्टामै उच्च, ३,४२१ जनामा संक्रमण


कोरोना संक्रमितको संख्या २४ घन्टामै उच्च, ३,४२१ जनामा संक्रमण

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

उपत्यकामा थपिए ९९९ संक्रमित

यस्तै काठमाडौं उपत्यकामा एकै दिन ९९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।