हरिको बिहे: कथा


लेखक : लेखापढी      १० श्रावण २०७८, आईतवार १७:०५ मा प्रकाशित     
हरिको बिहे: कथा

हरिको बिहे भयो, प्राय २५ वर्षकी जस्तो उमेरमा ! उनी गैर सरकारी विद्यालयमा शिक्षिका गर्थीन, स्नातक समाप्त गरेर ।‌ पतिको नाम पर्यो गोपि, ३ थिए भाईहरु , १ बैनी र आमा बा जम्मा श्रीमानका घरमा । केटा हेर्न आएका टक्केै १० दिनका दिन बिहे रे’ भन्दै लौ बिहे त आइ पुग्यौँ मूलढोकामा ।

हरिलाई न भोक न निन्द्रा छ । उ पनि जोड गर्दा त ८ जनाको परिवार भयो , हरे शिव कसरी के गर्नुहोला ती माथि सुतीको सारि लगाएर घरको काम गर्नु पर्ने रे, हरिले तेत्तीसकोटी देवीदेवता भन्दा पनि अरु छन् कि भन्दै पुकार्न थाली, हे जंगलका देवता, हे जलदेवता, हे वन्देवता, हे केसाँइखाइति थान( यो तिनसुकीया जिल्लाको धौला मा छ) इत्यादि इत्यादि ।

शास्त्रीबाले टिपनहरु खुब हेर्ने रे’ तर आफ्नी छोरीको बिहे ढ़िलोभको अब के भन्नु — “धामीका गल्लागाढ़ ज्योतिषीका छोरी……” भन्ने उखानै छ, टक्कै उस्तै हुनपुगेको, पक्कै हो ! शास्त्रीबाको तालु परैबाट टल‌्क्क टल्किन्थ्यो चिन्ताले कति चोटी तालुमा हात सुम्सुम्याउनु हुन्थ्यो हिसाब नै छैन ।

कसैका कुरा सुन्दा त यस्तो लाग्थ्योकि बिहेको साह्रा खर्च सबै उनीहरुलेनै गर्दिन्छन् जस्तो ! “जत्ति धेर उत्ति हेर” !

छिमेकि “बिना, प्रमोदज्यू, गोपी, अरुणज्यूसंग भन्नुभो लौ छोरीको बिहेको कुरा छिने आज , मलाई सुपरामर्श दिनु होला भनेर, सुनेर सबै खुशी भए छिमेकीहरु । कसैले चै हरिका काका काछोरीको त ७ वर्षको छोरो पो छ त यस्को चै बल्ल धन्न बिहे निस्कियो ! लौ बल्ल शास्त्रीबा खुकुला हुनेपरेछन ! भन्ने कुरा गरेको आफ्नै कानले सुनेर हरीलाई दुख्ख लाग्यो, हो पढ़ै गर्दा २५ वर्ष कतिखेर लागिन थाहनै भएन ! मान्छे अनुसार का कुरा ! कसैका कुरा सुन्दा त यस्तो लाग्थ्योकि बिहेको साह्रा खर्च सबै उनीहरुलेनै गर्दिन्छन् जस्तो ! “जत्ति धेर उत्ति हेर” ! लौ‌ परमेश्वर ! मेरो बिहे राम्रो सङ्ग होस् , मेरा बालाई शक्ति दिनु ! भनेर श्रीगणेशजी का अधि हात जोड़ेर प्रार्थना गरि हरिले ।

निधानसेकमा आयो है बिहेको दिन ! ” आचार्य कि छोरी पौड़ैललाई दिए “। निरौलनी आमैपनि गोढ़ा धुने भन्दै, उभिएर हेर्न थालिन ! ए बाब्बाहोऊ काँसका थाल बजछन कतै , कसैलेचै मेजपङ्गखा ल्याएका रे’ गोढ़ा धुने भन्दै, कसैलेचै एउटा सारि हालेरै ठुलै कै हालेर ल्याये जस्तो ! पनि लाग्यो निरोलनी आमैलाई ! बिहे साह्रै राम्रो भयो, के मिठ्ठो पकवान थियो, शुद्ध शाकाहारी ! सबैले बेहुला- बेहूलीलाई आशीर्वाद दिएर हरिलाई अन्भाए पछि सबै आ-आफ्नो घर फर्कीए ।


 हिरनमयी आचार्य शर्मा
 गुवाहाटी,असम,भारत ।
(भारत आसामबाट हामीलाई  साहित्यिक रचना पठाउनु हुने ” हिरनमयी आचार्य शर्मा” मा हार्दिक आभार ब्यक्त  गर्दै निरन्तरता को कामना गर्दछौ  -लेखापढी डटकम )


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com

100% LikesVS
0% Dislikes
Spread Your Love !!!