स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त


लेखक : लेखापढी      १० श्रावण २०७८, आईतवार १६:२७ मा प्रकाशित     
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । श्रेष्ठको नियुक्तिसँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्सीय बनेको छ ।

विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री देउवामा नै रहने उल्लेख छ । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!