सामाजिक संजालमा हुने अपराधबाट यसरि बच्नुस, समयमै कानुनि सहयोग लिनुस


सामाजिक संजालमा हुने अपराधबाट यसरि बच्नुस, समयमै कानुनि सहयोग लिनुस

काठमाडौं । साेसल मिडियाकाे प्रयाेगसँगै अनैतिक र अश्लील क्रियाकलाप पनि बढिरहेका छन् । प्रविधिको दुरूपयोग गरी अरूको चरित्रहत्या गर्ने, ठगी गर्ने, गैरकानूनी काम गर्ने वा गर्न दुरूत्साहन गर्ने लगायतका गतिविधि भइरहेका छन् ।

पछिल्लाे समयमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतबाट भिडिओ कल गरी अपरिचित व्यक्ति आफैंले अश्लील कृयाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिक कुराकानी तथा अश्लिल कृयाकलापमा संलग्न गराउने गतिविधि भइरहेकाे साइबर ब्यूराेले जनाएकाे छ ।

अझ अनैतिक/अश्लील क्रियाकलापमा संलग्न गराएपश्चात् उक्त भिडिओ कल रेकर्ड गरी साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटना बढ्दै गएको हुँदा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजग रहन ब्यूराेले अनुराेध गरेकाे छ ।

यस्ता गतिविधि भएकाे थाहा पाउनुभयाे भने कहाँ उजुरी गर्ने ?

१.साइबर ब्युरो

इन्टरनेटको युगमा अनलाइन दुर्व्यवहार एकदमै सामान्य भइसकेको छ । इन्टरनेटमा किशोरावस्थाका आधा जसो प्रयोगकर्ताहरु दैनिक अनलाइन बुलिङको सामना गरिरहेका हुन्छन् ।

तर बिडम्बनाको विषय त्यसमध्ये आधाले यस किसिमका गतिविधि विरुद्ध कहिल्यै रिपोर्ट गर्दैनन् । किनभने उनीहरुलाई रिपोर्ट तथा उजुरी गर्ने प्रक्रियाको कुनै जानकारी नै हुँदैन । 

त्यस्ता दूर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्युरो गठन भएको छ । 

ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । cyberbureau@nepalpolice.gov.np

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।

 यहाँ  क्लिक https://docs.google.com/document/d/1QEbawYrBYZijOXO_Zjwc159pZxv4z5P68xFOyc34hA0/edit गरि निवेदनको नमूना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमूना आवश्यक भए यहाँ क्लिक https://docs.google.com/document/d/1859IgZeJNViHDk0Bo-1bdU_Qh18Lh1V_wQv0JO3lsDw/edit गर्नुहोस् । 

साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् । 

 प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।

यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

३. युट्युव

तपाईंले युट्युवलाई त्यहाँ रहेका अनुपयुक्त सामग्रीहरको विषयमा सोझै रिपोर्ट गर्न सक्नुहुन्छ ।

रिपोर्ट गर्न चाहेको भिडियो मूनिको प्लेयरमा रहेको मोरमा क्लिक गर्नुहोस् ।

त्यसपछि देखा पर्ने मेनुमा गएर रिपोर्ट अप्सन चयन गर्नुहोस् ।

उक्त भिडियोले कुन नियम उल्लंघन गरेको छ भन्ने कुरा खुलाउन त्यहाँ रहेकामध्ये एउटा उपयुक्त विकल्प रोज्नुहोस् ।

त्यसपछि तपाईंको आरोपलाई पुष्टि गर्ने विवरणहरु जस्तै टाइमस्ट्याम्प (भिडियोको कति मिनेटमा त्यस्तो सामग्री छ) वा नियम उल्लंघनको व्याख्या सकेसम्म स्पष्ट रुपमा राख्नुहोस् ।

प्रत्येक च्यानल मूनी एउटा बटम रहेको हुन्छ त्यहाँबाट तपाईले च्यानलविरुद्ध रिपोर्ट गर्न सक्नहुन्छ । 

तपाईंले कुनै निश्चित युट्युव च्यानलकै विरुद्ध समेत उजुरी गर्न सक्नुहुन्छ । त्यसका लागि सम्बन्धित च्यानल खोल्नुहोस् ।

त्यहाँ दायाँ तर्फ रहेको अबाउट मा क्लिक गर्नुहोस् ।

अब त्यसको तल पट्टी रहेको झण्डा आकारको बटन दबाउनुहोस् । 

अब त्यहाँ तपाईंले आफ्नो गुनासोसँग मिल्ने उपयुक्त अप्सन चयन गरेर युट्युव च्यानलकै विरुद्ध उजुरी गर्न सक्नुहुन्छ । 

कसैले अनुमति बिना तपाईंको व्यक्तिगत जानकारी युट्युवमा पोस्ट गरे के गर्ने ? 

सबैभन्दा पहिले जसले तपाईंको सामग्री अपलोड गरेको हो, उसँग सम्पर्क गरेर त्यस्तो सामग्री हटाउन आग्रह गर्नुहोस् ।

यदि तपाईंको आग्रह त्यस्तो व्यक्तिले मानेन वा सम्पर्क हुन सकेन भने तपाईंले यहाँ क्लिक गरी युट्युवको गोपनीयता निर्देशिका अनुसार त्यस्तो सामग्री हटाउनका लागि आग्रह गर्न सक्नु हुन्छ ।

यदि तपाईं अर्को तरिकाबाट युट्युवलाई रिपोर्ट गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी युट्युवको रिपोर्टिङ सेक्सन र सेफ्टी गाइडलाइनहरु चेक गर्न सक्नुहुन्छ । 

४. ट्वीटर

तपाईं कुनै ट्वीट विरुद्ध रिपोर्ट गर्न चाहनुहुन्छ भने आफ्नो रिपोर्टको सान्दर्भिकता र कारणलाई केलाउन ट्वीटरले त्यस सम्बन्धी थप जानकारी माग्न सक्छ ।

तपाईंले रिपोर्ट गरेको ट्वीटका शब्दहरु ट्वीटरले आफ्नो फलोअपमा समावेश गर्नेछ र तपाईंलाई नोटिफिकेसन दिनेछ । थप विस्तृत जानकारीका लागि ट्वीटरको सेफ्टी एण्ड सेक्युरिटी सेक्सनमा जानुहोस् र प्लेटफर्ममा देखिएको अनपयुक्त सामग्रीहरुको रिपोर्ट गर्नुहोस् । 

५. फेसबुक

पोस्टको माथिपट्टिको दायाँ भागमा रहेको तीन थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् ।

त्यहाँ अन्तिममा रहेको फाइन्ड सपोर्ट अर रिपोर्ट पोस्टमा जानुहोस् ।

फेसबुकलाई त्यस्तो पोस्टको बारेमा सुझाव तथा प्रतिक्रिया दिन त्यहाँ रहेका मध्ये उपयुक्त विकल्प छान्नुहोस् ।

सबमिट बटन थिचेर तपाईंले फेसबुकमा रिपोर्ट गर्न सक्नुहुन्छ । 

यहाँ क्लिक गरी फेसबुकमा रिपोर्ट गर्ने विषयमा थप जानकारी लिन समेत सक्नुहुन्छ ।

तपाईंले यसरी रिपोर्ट गर्दा फेसबुकले कन्टेन्टको भिजिबिलिटीलाई सीमित बनाउन सक्छ । सम्बन्धित प्रयोगकर्तालाई त्यस्तो कन्टेन्ट प्लेटफर्मबाट डिलिट गर्न उसले आग्रह गर्न सक्छ । त्यस अलावा फेसबुकले उक्त अकाउन्टलाई निलम्बन गर्न समेत सक्छ । 
(सूचना एबं जानकारी हेतु techpanaबाट साभार गरिएको छ)