बिमलेन्द्र निधि जलेश्वर देखिए फिल्मी शैलीमा, कांग्रेश सभापतिमा उम्मेदवारी


[ss_social_share]
लेखक : लेखापढी      ८ श्रावण २०७८, शुक्रबार ०४:४२ मा प्रकाशित     
बिमलेन्द्र निधि जलेश्वर देखिए फिल्मी शैलीमा, कांग्रेश सभापतिमा उम्मेदवारी

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मधेसको अधिकार सुनिश्चित गर्न सभापतिमा उम्मेदवारी दिने बताएका छन् । बिहीबार महोत्तरीको जलेश्वरस्थित पार्टी कार्यालयको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले मधेसकै अधिकारी सुनिश्चित गराउन सभापतिमा उम्मेदवारी दिने जिकिर गरे ।

पार्टीको १४ औँ महाधिवेशन तोकिएकै समयमै हुने भन्दै उनले आफूलाई मतदान गर्न नेता एवम् कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै पार्टीको नेतृत्व युवाले गर्नुपर्ने उनले धारणा राखे । 

आफू कांग्रेस परिर्वतनको पक्षपात रहेको भन्दै उनले कांग्रेसले नै मधेसको अधिकार सुनिश्चित गर्ने उनको भनाइ छ । मधेसी दलसँगै कम्युनिस्ट पार्टीले पनि मधेसी जनतालाई ठगेको उनको दाबी छ ।

“मधेसको अधिकारका लागि कांग्रेस प्रतिबद्ध छ । गम्भीर छ,” उनले भने, “विगतमा पनि कांग्रेसले नै मधेसको अधिकारका लागि संघर्ष गरेको छ ।” 

निधिको स्वागतमा सयौँ सवारीसाधनको लस्कर लागेको थियो । निधिलाई स्वागत गर्न सयौँ सवारीसाधन लिएर कार्यकर्ता बर्दिबास पुगेका थिए । मोटरसाइकल र चारपाङ्ग्रे सवारीको लावालस्करले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध बनेको थियो । 

तर, उपसभापति निधि ‘फिल्मी शैली’मा गाडीबाटै नेता कार्यकर्तालाई हात हल्लाउँदै अघि बढे । बर्दिबासबाट जलेश्वरसम्म करिब २५ किलोमिटरको यात्रा गर्दा उनलाई ठाउँ–ठाउँमा कार्यकर्ताले स्वागत गरेका हुन् । उनको स्वागतका लागि ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । २०७४ सालको प्रतिनिधिसभा चुनावमा पराजित भएयता उनी काठमाडौंबाट जनकपुरको यात्रामा आउँदा यस्तो भव्य स्वागत भएको थिएन ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •