आथ्थाह ! हात पोल्यो भन्नु पर्दैन हन्बेर्नो हुँदा !
५ वटा औँला एकैनास हुँदैन्न,
एउटाले बढी कसिन्छ भने अर्कोले
त्यसैको साहारा बन्दछ ।
हामी मानव पनि उस्तै नै हौ
कोही महान शिक्षाले त
कोही महान कर्मले !!
आज मेरोमा आइदेउ भन्दा !
बोलाउँदा मात्र सानो आउछ ।
कर्म महान बन्छ, सानोठूलो
सबैको हो समाज कसैलाई छोड़ेर
होइन ! आवश्यकता छ सबैलाई ,
सबैको कर्मनै महान
जीवन जिउने आधार हो
जीवन एउटा हन्बेर्न हो।
साथ नभए हात पोल्छ !
हिरनमयी आचार्य शर्मा
यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ !
ईमेल- lekhapadhimedia@gmail.com