नेपाल रेल्वे शुन्यबाट शुरु गरेर एक बर्षमा के गर्यो, के भएन?: महाप्रबन्धक भट्टराई


लेखक : लेखापढी      ७ श्रावण २०७८, बिहीबार ०५:४४ मा प्रकाशित     
नेपाल रेल्वे शुन्यबाट शुरु गरेर एक बर्षमा के गर्यो, के भएन?: महाप्रबन्धक भट्टराई
नेपाल सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेड गठन गरि पूर्वाधार बिना नै अघि बढ्यो जसको नेतृत्वमा एक जना युवा व्यक्तिलाई महाप्रबन्धकमा नियुक्ति गर्यो ।
नेपालको अस्तव्यस्त राजनैतिक अबस्था संगै चौतर्फी फैलिएको कोरोना संक्रमणका कारण नयाँ नियुक्त भएका महाप्रबन्धक गुरु भट्टराईले के कस्ता कठिनाई र चुनौती सामना गरे भन्ने कुरा उहाले १९ वटा बुदागत रुपमा उल्लेख गरेका छन् ।
 
१. नेपाल रेल्वेको नेतृत्वमा म आएका बेला ब्यबस्थापन स्तरका एकजना कर्मचारी थिएनन । कार्यालय समेत थिएन । कार्यालय सहयोगी (पियन) पनि थिएनन । चिया पिउने बजेट समेत पनि थिएन ।
२. मैले नेतृत्व लिएर हाजीर गरेको भोलीपल्ट देखी बजेट, जनशक्ति ब्यबस्थापनको निम्ति फाइल बोकेर बिभिन्न मन्त्रालय आफैं धाउनु परेको स्थिति थियो ।
रेल किनेर २ जना ड्राइभर खोजेपछी रेल कुद्छ भन्नेहरुले यसका जटिल प्रकृया र हामी संग हुँदै नभएको प्रबिधि आफैले सुन्यबाट जोहो गरेर यहासम्म आउनु सजिलो छैन । यसको ज्ञान नहुनेले पनि बुझुन यो एउटा चुनौतिपुर्ण काम हो । म कुनै बनिबनाउ संस्थाको नेतृत्व लिएर आएको हैन । शुन्यबाट शुरु गरेको हो ।
३. उता म आउनु भन्दा ३ महिना पहिले नेपालको रेल तयार भएर भारतको हाजीपुरमा राखिएको अवस्था थियो । दुबै मुलुकलाइ कोभिडले गाँजेको थियो । तर रेल भारतमा लामो समय राख्ने स्थिति थिएन । सुरक्षा र अपकिपिङ गर्न महिनाको २० लाख खर्च हुने स्थिति थियो ।
४. म आएपछी नै कोभिडका कारण वा संचालनको तयारी नभएका कारण देखाएर नेपालको रेल भारत राख्नु हुँदैन, वरु नेपालमै नेपालको शुरक्षामा राख्नु पर्छ भनेर बिभाग, मन्त्रालय, माननीय मन्त्रीज्यू समेतको स्वीकृति लिएर असोजमा रेल नेपाल भित्रियो ।
५. रेल संचालन लगायत प्रशासनिक खर्च तथा अन्य आइटी सम्बन्धी काम गर्न अर्थ मन्त्रालयबाट रकम निकासा गराउनु फलामको चिउरा चपाउनु सरह थियो । कतै बाझेर, कतै नमस्ते गरेर, कतै भाउन्नियर, कहिले अर्थमन्त्रीज्युहरुसंग अनुनय बिनय गरेर भएपनि केही रकम निकासा गराइयो । नत्र रेल्वेसंग चिया खाने बजेट समेत थिएन । बिदेशी कर्मचारी लिन रकम स्वीकृत र नेपाली कर्मचारी करारमा नियुक्त गर्न रकम जोहो गर्न क्याबिनेटबाट स्वीकृत गराइयो । आफु काम गर्ने काठमान्डौ कार्यालय आफै बनाइयो (भवन बाहेक केही उपलब्ध थिएन) ।
६. मंसिरमा रेल संचालन गर्ने टार्गेट गरेर असोजमा करारमा कर्मचारी नियुक्त गर्न बिज्ञापन गरियो । यसको निम्ति अनलाइन पोर्टल आफैले बनाइयो किनकी कोभिडका कारण निबेदक आफै उपस्थित हुने सम्भावना थिएन ।
७. तर निबेदन प्राप्त भैसकेर मुल्यांकनको चरणमा प्रवेश गरेपछी लोकसेवाका तात्कालिन अध्यक्ष र सदस्यहरुले राजनीतिक तमाशा शुरु गरे । करारमा कर्मचारी लिनु पर्ने हाम्रो बाध्यता पटक पटक बताउँदा समेत अधिकार क्षेत्र बाहिर गएर आयोगले त्यसलाइ बदर गर्न कारण नखुलाइ निर्देशन दियो । त्यो प्रकृया त्यही अलपत्र पर्यो ।
८. सामान्य सहयोगी कर्मचारी नेपाली राखेर तालिम दिन सकिने भएपनि रेल संचालनका मुख्य प्राबिधिक बिदेशी लिनै पर्ने थियो । त्यसका लागी भारत सरकार र भारतिय सरकारी कम्पनि संग महिनौ छलफल गरेर एउटा टुङगोमा पुगियो तर सम्झौताको बिधि वा सेवा दिन सक्ने एउटा मात्र कम्पनि भएकाले खरिद कसरी गर्ने भन्ने समस्या आइलाग्यो । यसलाइ फुकाउन जिटुजी सम्झौता गर्न मन्त्रीपरिषदमा पठाएर स्वीकृत गराइयो । सो को निम्ति आवश्यक रकम दिने निर्णय मन्त्रीपरिषद र अर्थमन्त्रालयबाट गराइयो । – किनकी रेल संचालनको बजेट बिनियोजन थिएन ।
९. करारमा नेपाली कर्मचारी राख्न नदिएपछी निजामतिबाट फाजिल कर्मचारी लगेर भएपनि रेल संचालन गर्ने भनेर त्यस्ता कर्मचारी उपलब्ध गराउन भौतिक मन्त्रालय तथा संघिय मन्त्रालयलाइ अनुरोध गरियो । धेरै एक्सरसाइज गरेर ४५ जना कर्मचारी पठाउने निधो भयो । बाँकी १२२ जना ज्यालादारीमा नियुक्त गर्न मन्त्रीपरिषदबाट स्वीकृति लिइयो ।
१०. रेल्वेमा काम गरेका निम्न दर्जाका पुराना ग्राउन्ड कर्मचारी खोज्न थालियो । किनकी सम्पुर्ण रुपमा नयाँ कर्मचारी सेफ्टी क्याटागोरीमा भर्ना गरेर रेल संचालन गर्न सकिदैनथ्यो ।
११. लगभग ८०-९० जना पुराना कर्मचारी पत्ता लगाएर भर्ना गर्ने काम गरियो । यता निजामतिबाट पुरा हुने ४५ जना कर्मचारी अधिकांश कम्प्युटर नजानेका परेपछी ति सबैलाइ फिर्ता गर्नु पर्ने भयो र त्यस ठाउँमा फेरी नयाँ कर्मचारी भर्ना गर्नु पर्ने भयो । टिकेटिङ सफ्टवयर निर्माण, टिकेट प्रिन्टिङ, डिभाइस खरिद लगायतका आइटी सम्बन्धि काम गरियो ।
१२. दोस्रो चरणमा पुन ६५ जना कर्मचारी भर्ना गर्न मन्त्रीपरिषदसंग स्वीकृति मागियो र प्राप्त भयो । कर्मचारी राख्ने क्रममा मार्ने कुट्ने धम्किका बिषय त चर्चा नगरौ । प्रदेश २ मा काम गर्नु पर्ने छ, धेरै भन्नै परेन ।
१३. नेपाली कर्मचारीलाइ तालिम शुरु गरेपछी कोभिडले पुन च्याप्यो र तालिम बन्द गर्नु पर्यो ।
१४. नेपाल भारत रेल संचालन गर्न भारतसंग छुट्टै सम्झौता जरुरी थियो । त्यस अनुसार भारतले गरेको ड्राफ्टमा नेपालले लिजमा लिएको जयनगर स्टेसन र ट्रयाकको २८ बिगाहा जग्गा गायब पारियो । हामीले महिनौ वार्ता गरेर सो जमिन नेपालको लिजमा रहेको र जयनगर स्टेसन नेपालको हो भन्ने स्थापित गराएरै छाड्यौ । नत्र नेपालको रेल भारत जाँदा त्यस बापत हामीले रकम तिर्नु पर्थ्यो । यो ठुलो उपलब्धि हो । यस अनुसार तयार भएको SOP नेपाल र भारत सरकारबाट स्वीकृत गराइयो ।
१५. रेल संचालन गर्न कानुन थिएन । संसद नियमित थिएन । समयमा कानुन आउन गार्हो भैरहेको थियो । राष्ट्रिय सभामा छलफल तिब्र बनाएर टुङग्याएपनि संसद चल्ने संभावना बनेन । कसरी कानुन ल्याउने भनेर झन्डै ६ महिना अल्झिनु पर्यो र अन्तत अध्यादेश मार्फत कानुन ल्याइयो तर कोभिडको महामारी पुन शुरु भयो ।पुरापुर काम हुन सकेन ।
१६. बन्द भएको तालिम कोभिड केही खुकुलो भएपछि पुन शुरु गरियो र गत असार २५ गते सम्पन्न गरियो । यस लगत्तै भारतले निर्माण गरेको संरचना हस्तान्तरण र उद्घाटन गर्ने मिति तोक्ने योजना थियो तर सरकार परिवर्तन भएर मन्त्रालय नेतृत्वबिहिन भयो ।
१७. निर्माण भएका संरचना पहिल्यै तोडफोड र चोरी भएका थिए । त्यसको पुन काम गर्न भारतले झन्डै ५० लाख भारु नेपालले दिनु पर्ने भनेर पटक पटक पत्राचार गरेको पाइयो । तर संरचना नेपाललाइ हस्तान्तरण नभएसम्म त्यो नेपालले जिम्मा लिदैन, भारतले नै मरम्मत गर्नु पर्छ भनेर भारतिय दुताबासलाइ पटक पटक भनियो र अन्तत सहमत गराइयो । सोही अनुसार ट्र्याक भवन मरम्मत गराइयो ।
१८. २ बर्ष अघि देखी रेलको लिक तयार भयो अब रेल चल्छ भनेर हल्ला गरिएको थियो जवकी संरचनाको काम नसकिएकाले हामी अहिलेसम्म पनि हस्तान्तरणको निम्ति कुरिरहेका छौ । रेलको लिक देखेपछी सबै काम सकिएछ भनेर हल्ला गर्नेहरुले संरचनाहरुमा बाँकी रहेका मुख्य कामहरु बुझ्नै सकेनन, ज्ञान नभएर हुन सक्छ ।
१९. यी सबै चुनौतिहरु पार गरेर हामी रेल संचालनको अन्तिममा छौ र भारतले संरचना हस्तान्तरण गरेर क्रस बोर्डर रेल संचालन गर्न सहमति दिएसंगै मन्त्रालय र भारत समेतको समन्वयमा हामी रेल संचालन गर्ने मिति तोक्न तयारी गरेर बसेका छौ ।
 
रेल किनेर २ जना ड्राइभर खोजेपछी रेल कुद्छ भन्नेहरुले यसका जटिल प्रकृया र हामी संग हुँदै नभएको प्रबिधि आफैले सुन्यबाट जोहो गरेर यहासम्म आउनु सजिलो छैन । यसको ज्ञान नहुनेले पनि बुझुन यो एउटा चुनौतिपुर्ण काम हो । म कुनै बनिबनाउ संस्थाको नेतृत्व लिएर आएको हैन । शुन्यबाट शुरु गरेको हो । रेल खरिद संगै अरु तयारी किन गरिएन भन्ने जवाफ चै मैले दिन मिलेन । जसले गरेनन, तिनैलाइ सोध्नु पर्छ ।

म आएपछिका मुल चुनौतिहरु राखे । यस क्रममा झेलेका ढिलासुस्ति, नेपाली कर्मचारी मानशिकताको पिडा चै सबैलाइ ज्ञान छ, मैले भनिरहनु परेन ।


(नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले फेसबुकमा ब्यक्त उहाँका निजि बिचार /अभिव्यक्ति हुन् )
यो पनि पढ्नुस: https://lekhapadhi.com/2020/10/01/opinion-demu-rail/

100% LikesVS
0% Dislikes