१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ पुग्यो


लेखक : लेखापढी      ७ श्रावण २०७८, बिहीबार ०२:१४ मा प्रकाशित     
१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ पुग्यो

काठमाडौँ- कोरोना भाइरसविरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ पुगेको छ। एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले १० लाख डोज खोप लिन जहाज राति ११ बजे बेइजिङ गएको जानकारी दिए।

उनले खोप लिएर जहाज भोलि बिहिबार बिहान नेपाल आइपुग्ने बताए। शुक्रबार र शनिबार समेत खोप लिन जाने तालिका रहेको बताएका छन् |

सरकारले चीनबाट ४० लाख डोज खोप खरिद गरेको हो। यसअघि नै एयरलाइन्सले ८ लाख डोज खोप ल्याएको थियो।

सरकारले चीनबाट ल्याएका खोप अहिले नागरिकलाई लगाइरहेको छ। अब आउने खोप भने कसलाई लगाउनेबारे टुंगो भने भइसकेको छैन।तर सरकारले अब कम उमेर समूहमा खोप लगाउँदै जाने जनाएको छ।

100% LikesVS
0% Dislikes