दिमागको भँवर
रातभरि निदाउन् सक्दैन्
प्रश्न गर्छ
धार्मिक मनहरु कता गए ?
के तिनीहरु हावामा काँम्दै
ईश्वरलाई प्रार्थना गर्दै छन होला ?
खुला मनले तिनीहरुलाइ निम्तो गर्दछु
शान्ति र हर्ष स्थापन गर्नु
तर सीमारेखा नाघेर आउन सक्दैन्
आज मृत्युको गीत गाउँन
सारै सजिलो छ यहाँ
धेरै मात्रामा सजिलै उपलब्ध छ मृत्यु
दु:ख र खुशी
एउटै सिक्काको दुई पाटो हो
जीवनको यस हालतमा प्रशंसा पाउँनु पनि
सारै कठिन हुन्छ
चारैतिर फोहोर हावा चलि रहेको छ यतिबेला
जसको हृदयमा प्रबेश गर्छ
एकैछिनमा
सबै आशा आकांक्षा
टुक्रा टुक्रा पारि दिन्छ
सबैको हृदयमा उदासी छाएको छ
जीवन दुखद कोरस गाउँनमा तल्लीन छ
आँसूको नदी आकाश तर्फ बग्दै छ
केवल आँसू छल्किएको देखिन्छ
यो बहुमूल्य आँसू रोक्न
असमर्थ छ कुनै पनि ईश्वरीय चमत्कार
अचम्भाको स्थिति छ यहाँ यतिबेला।
अनुवादः कुञ्ज देबी उपाध्याय
Sivasagar, Assam, India
Original Poem : English – Rekha Borkotoky “Agony
(भारत आसामबाट हामीलाई साहित्यिक रचना पठाउनु हुने ”कुन्ज देबी उपाध्याय” मा हार्दिक आभार ब्यक्त गर्दै निरन्तरता को कामना गर्दछौ -लेखापढी डटकम )
यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ !
ईमेल- lekhapadhimedia@gmail.com