शुक्रवारे कार्यक्रम: बाल कविता


लेखक : लेखापढी      ६ श्रावण २०७८, बुधबार १२:३७ मा प्रकाशित     
शुक्रवारे कार्यक्रम: बाल कविता

शुक्रवारे कार्यक्रम
धेरै कुरा हुन्छ
नछुटाई भाग लिए
ज्ञानगुन मिल्छ ।

कविता र गीत भन्ने
चित्र पनि कोर्ने
कहिले छ नाँच्ने गाउने
हुन्छ हाँडी फोर्ने ।

भाग लिनु पर्छ नानी
कोपिला छौ फुल्छौ
प्रतिभाले भविष्यमा
विश्वभरि डुल्छौ ।

आत्म विश्वास बढ्छ
नानी पहिचान मिल्छ
शुक्रवारे कार्यक्रमले
पुरस्कार दिन्छ ।

किताबको पाठजस्तो
ढोक्नु हुन्न नानी
सबैकुरा सिक्नलाई
सपार है बानी ।।



मेघनाथ ‘बन्धु’
जितपुर इलाम हाल धनगढी ।