बीपी स्मृति दिवस वृक्षारोपण गरेर मनाउने


बीपी स्मृति दिवस वृक्षारोपण गरेर मनाउने

दाङ । नेपाली कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ३९ औँ स्मृति दिवसमा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको स्मृतिमा बुधबार शान्तिनगर गाउँपालिका दाङ स्थित बीपी नमुना माध्यामिक बिद्यालयको परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको कांग्रेस दाङका सचिव शंकरप्रशाद डाँगीले जानकारी दिए ।

कार्यक्रम बिहान साढे ११ बजेदेखि सुरु हुने हुँदा प्रजातन्त्रमा आस्थावान सबै नेता कार्यकर्तालाई उपस्थितिका लागि जिल्ला सचिव डाँगीले आह्वान गरेका छन् ।

महामानव बीपीको स्मृतिमा रुद्राक्ष लगायत विभिन्न जातका गरी करिब दुई सय बोट बिरुवा रोप्ने योजना रहेको सचिव डाँगीले बताए ।