श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप दिइदैँ


लेखक : लेखापढी      ५ श्रावण २०७८, मंगलवार १०:५२ मा प्रकाशित     
श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप दिइदैँ

 सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई प्राथमिकतामा राखेर गन्तव्य देशले मान्यता दिएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप दिन सुुरु गरेको छ ।

वैदेशिक रोजगारीमा जानेहरुलाई जोन्सन एण्ड जोन्सन खोप बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा दिन थालिएको छ। आज बिहान दश बजेदेखि उनीहरुलाई खोप दिन थालिएको हो। 

दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली श्रमिकलाई जान रोकेका छन् । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्तसहित क्वारेन्टाइनमा १० दिन बस्नेगरी श्रमिक लगिरहेको छ ।

भिसा तथा अन्तिम श्रम स्वीकृतिका आधारमा खोप दिइने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए। 

50% LikesVS
50% Dislikes