६ लाख नागरिकको लाशमाथि उभिँदै कोभिड नियन्त्रणमा अमेरिका पहिलो !


लेखक : लेखापढी      ५ श्रावण २०७८, मंगलवार १२:१४ मा प्रकाशित     
६ लाख नागरिकको लाशमाथि उभिँदै कोभिड नियन्त्रणमा अमेरिका पहिलो !

वर्तमान युग सूचना र सञ्चारको दुनियाँ हो । कहाँ के भयो भन्ने कुरा सर्वसाधारण नागरिकले तुरुन्तै थाहा  पाउँछन् । सन् २०२० को सुरुतिर कोभिड महामारी देखापर्यो । हेर्दा हेर्दै केही महिनाभित्रै कोभिड महामारी विश्वभरी फैलियो । सुरुमा चीनको हुपेई प्रान्तको वुहानलाई कोभिडले आक्रान्त बनाएको थियो । कोभिड नियन्त्रण गर्न चीनले भएभरको शक्ति लगायो । हजारौँ स्वास्थ्यकर्मीलाई वुहानमा खटायो । सुरक्षाकर्मी, सरकारी कर्मचारी, चिनियाँ कम्युनिष्ट पार्टीका कार्यकर्ता, स्वयंसेवक, विशेषज्ञसँगै चिनियाँ नेताहरु पनि वुहानमा रातदिन खटिरहे । वुहानलाई प्रभावकारी रुपमा लकडाउन गरियो र ७६ दिनपछि पूर्ण रुपमा कोभिड नियन्त्रण गर्दै वुहान खुल्यो ।

सन् २०२० मा विश्वमै सकारात्मक आर्थिक वृद्धि हुने एक मात्र मुलुकमा चीन रह्यो ।

ती ७६ दिनमा हुपेई प्रान्तको वुहान मात्र नभई चीनका विभिन्न प्रान्तमा कोभिड फैलिएको थियो । तर वुहानको नियन्त्रण विधिको अनुभवले गर्दा चीनका अन्य प्रान्तमा लकडाउन गर्नु परेन । विस्तारै चीनले प्रभावकारी रुपमा कोभिड नियन्त्रण गर्दै गयो र सन् २०२० को मध्यदेखि चिनियाँ अर्थतन्त्र लिकमा आयो । यस बीचमा चीनले आन्तरिक रुपमा कोभिड नियन्त्रण गर्ने कामसँगै बाह्य जगतलाई सहयोग आपूर्ति गर्न थाल्यो । मास्क, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, सेनिटाइजर, पीपीई, पन्जा, चस्मा लगायतका सामग्री निर्माण गर्दै विश्व बजारमा आपूर्ति गर्नुका साथै चीनले विभिन्न देशमा विशेषज्ञ चिकित्सक टोली पनि खटायो । फलतः सन् २०२० मा विश्वमै सकारात्मक आर्थिक वृद्धि हुने एक मात्र मुलुकमा चीन रह्यो । चालु वर्षको पूर्वार्द्धको छ महिनामा चिनियाँ अर्थतन्त्रको वृद्धिदर अत्यन्त उत्साहजनक रुपमा अगाडि बढिरहेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले चिनियाँ अर्थतन्त्रको वृद्धिदरलाई अनुमानित प्रक्षेपण गरेको भन्दा राम्रो भएकाले ती संस्थाहरुले दुईपटक संशोधन गरिसकेका छन् । यो कुरा सबर्त्र थाहा भएकै हो । थाहा नहुनेले इन्टरनेटमा खोजिगर्दा तुरुन्तै थाहा हुन्छ नै ।

चीनले प्रभावकारी रुपमा कोभिड नियन्त्रण गर्दैगर्दा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले विज्ञानसम्बत रुपमा कोभिड नियन्त्रण गरेर आफ्ना नागरिकलाई बचाउनुको साटो चीनमाथि हिलो छयाप्ने र लान्छना लगाउन व्यस्त रहे । फलस्वरुप आज अमेरिकाको अवस्था के छ भनिरहनु नपर्ला ।

अमेरिकामा ३ करोड ३८ लाख ८० हजार व्यक्तिमा कोरोना संक्रमण भएको छ भने ६ लाख ७ हजार व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

तीन दिन अगाडि जुलाई १२ तारिखसम्मको तथ्याङ्क हेर्दा अमेरिकाको अवस्था यस्तो देखिन्छ । अमेरिकामा ३ करोड ३८ लाख ८० हजार व्यक्तिमा कोरोना संक्रमण भएको छ भने ६ लाख ७ हजार व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यतिबेलासम्मको विश्व आँकडामा कोभिडबाट सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुनेमा अमेरिका सबैभन्दा अग्रस्थानमा छ । यो कुरा अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले पनि प्रकाश पार्दै आएको छ । धेरैले सोचेका थिए डोनाल्ड ट्रम्पसको बहिर्गमनपछि अमेरिकाको अवस्थामा सुधार आउनेछ । तर जो बाइडेन राष्ट्रपति भएको आधा वर्ष बित्न लाग्दा पनि खासै सुधार भएको छैन बरु दिनानुदिन अवस्था बिग्रदै आएको छ ।

यही बीचमा अमेरिकी सञ्चार संस्था ब्लुमबर्गले गत जुन २८ एउटा प्रतिवेदन सार्वजनिक गर्योर । यस अगाडि पनि ब्लुमबर्गले सञ्चार र वित्तीय क्षेत्रमा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आएको थियो । तर, यसपटकको उसको प्रतिवेदन आधारहिन र अपत्यारिलो भएकाले विश्वभरका इन्टरनेट प्रयोगकर्ताले ब्लुमबर्गलाई उडन्ते प्रतिवेदन भनेर व्यङ्ग्य गरिरहेका छन् । ब्लुमबर्गको उक्त प्रतिवेदन अनुसार विश्वमा कोभिड महामारीको प्रभावकारी नियन्त्रणमा अमेरिका पहिलो स्थानमा रहेको छ । श्रेणीक्रममा ५३ वटाको नाम छ र त्यसमा अमेरिका सबैभन्दा अग्रस्थानमा रहेको छ । त्यसपछि क्रमशः न्युजिल्याण्ड, स्विजरल्याण्ड, इजरायल, फ्रान्स, स्पेन, अष्ट्रेलिया रहेका छन् । ब्लुमबर्गले आठौँमा स्थानमा चीनलाई राखेको छ । चीनपछि क्रमशः बेलायत, दक्षिण कोरिया, नर्वे, डेनमार्क, सिंगापुर, टर्की, साउदी अरेबीया, बेल्जियम, फिनल्याण्ड, युएई, ग्रिस र रुमेनिया रहेका छन् ।

ब्लुमबर्गको उक्त प्रतिवेदन सार्वजनिक भएपछि चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले पत्रकार सम्मेलनमा चोटिलो जवाफ दिएका छन् । उनले भने ‘सायद ब्लुमबर्गको उक्त प्रतिवेदन भूलवस प्रकाशित भएको होला । त्रुटि भएमा ब्लुमबर्गले त्यसको जवाफ दिनुपर्छ ।’ ब्लुमबर्गको उक्त समाचार पढेर पश्चिमी मुलुकका एक इन्टर्नेटप्रयोगकर्ता क्रिस सुथरल्याण्डले यस्तो प्रतिक्रिया जनाएका छन्- ‘अमेरिका पहिलो स्थानमा? खै कति हाँस्नू?’ त्यस्तै जिम बिडोनले भनेका छन् ‘कति बकवास रहेछ ब्लुमबर्गको समाचार ।’

सन् १९४२ मा जन्मिएका माइकल रुबेन्स ब्लुमबर्ग अमेरिकी डेमोक्र्याटिक पार्टीका चर्चित राजनीतिज्ञ हुन् । उनी सन् २००२ देखि २०१३ सम्म न्युयोर्क सहरका मेयर थिए ।

अमेरिकाको न्युयोर्कमा सन् १९८१ मा माइकल रुबेन्स ब्लुमबर्गले यो व्यावसायिक संस्था स्थापना गरेका हुन् । सन् १९४२ मा जन्मिएका माइकल रुबेन्स ब्लुमबर्ग अमेरिकी डेमोक्र्याटिक पार्टीका चर्चित राजनीतिज्ञ हुन् । उनी सन् २००२ देखि २०१३ सम्म न्युयोर्क सहरका मेयर थिए । गत वर्ष अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदार बन्ने दौडमा उनले पनि आवेदन दिएका थिए । उक्त निर्वाचनमा डेमोक्र्याटिक पार्टीकै जो बाइडेन राष्ट्रपतिको उम्मेदार बने र निर्वाचित पनि भए । ब्लुमबर्गको यही राजनीतिक आवद्धत्ताका कारण उल्लिखित प्रतिवेदन पूर्वाग्रही र आफ्नै पार्टीले अमेरिकी सरकारको नेतृत्व लिएको बेला कोभिडको बेला बदनाम बनेको अमेरिकालाई हाँस्यास्पद रुपमा उत्कृष्ट नम्बर एकमा राखिएको कुरा स्पष्ट छ ।

अमेरिकामा मुख्यालय रहेको ब्लुमबर्गले विशेष गरी सञ्चारक्षेत्रमा काम गर्छ । यस अन्तर्गत रेडियो, टेलिभिजन, अनलाइन लगायतका भगिनी संस्थाहरुलाई ब्लुमबर्गले संचालन गर्दै आएको छ । सञ्चार तथा वित्तीय क्षेत्रमा खोज अनुसन्धान गरेर विभिन्न प्रतिवेदनहरु यसले पेश गर्दै आएको छ । यही सिलसिलामा ब्लुमबर्गले विश्वमा कोभिड महामारीलाई प्रभावकारी नियन्त्रण गर्ने राष्ट्रहरुको श्रेणीक्रम जुन २८ तारिख सार्वजनिक गरेको हो ।

पूँजीवादी मुलुक अमेरिकामा बिमा नभएका व्यक्तिले उपचार गर्न असंभव प्राय छ । एकजना व्यक्तिले एक साता अस्पतालमा बसेर उपचार गराउँदा लाखौँ अमेरिकी डलर तिर्नुपर्छ ।

सर्वसाधारण सबैले अनुमान गर्न सक्छन् यो श्रेणीक्रम पूर्वाग्रही र भेदभावपूर्ण रहेको छ । किनभने यसमा कोभिड महामारीलाई राम्रोसँग नियन्त्रण गरेका मुलुकहरुलाई पछाडि राखेर अमेरिकालाई अगाडि देखाइएको छ । अमेरिकामा कोभिडबाट किन त्यति धेरै नागरिकको मृत्यु भयो भन्ने कुरा ब्लुमबर्गलाई थाहा नभएको होइन । न्युन आर्थिक अवस्था भएका अमेरिकीहरुले उपचार पाउन सकेनन् । किनभने उनीहरुसँग चिकित्सा बिमा थिएन । पूँजीवादी मुलुक अमेरिकामा बिमा नभएका व्यक्तिले उपचार गर्न असंभव प्राय छ । एकजना व्यक्तिले एक साता अस्पतालमा बसेर उपचार गराउँदा लाखौँ अमेरिकी डलर तिर्नुपर्छ । अमेरिकाले आफ्ना नागरिकलाई बचाउनुको साटो कोभिड महामारीलाई नै राजनीतिकरण गर्योर । विश्वमा गुम्दै गएको अमेरिकी विश्वास र प्रभावलाई कतै बढाउन सकिन्छ कि भनेर लाग्दा अमेरिका आफ्नै ६ लाख नागरिकलाई मृत्युको मुखमा धकेल्न पुग्यो । तर अमेरिकालाई केही हात परेन । न त विश्वमा हराएको अमेरिकी विश्वास फिर्ता भयो न आफ्नै नागरिकको ज्यान बचाउन । यस्तो बदनामीमा अमेरिकी बाइडेन सरकारले ब्लुमबर्गलाई प्रयोग गरेर भ्रमको खेती गर्दैछ ।

ब्लुमबर्गले सन् २०२० को नोभेम्बरदेखि विश्वभरिको कोभिड महामारीको मासिक श्रेणीक्रम सार्वजनिक गर्दै आएको थियो । यसरी श्रेणीक्रम सार्वजनिक गर्दा सङ्क्रमणदर, मृत्युदर, आर्थिक बृद्धिको अनुमान आदि सूचकहरूलाई मूल्याङ्कनका आधार मानेको ब्लुमबर्गले स्पष्ट पार्दै आएको थियो । पछिल्लो प्रतिवेदनभन्दा अगाडि उसका प्रतिवेदनलाई विश्वास गरिएको थियो । तर यो पछिल्लो प्रतिवेदनमा श्रेणीक्रम निर्धारण गर्दा गरिने मूल्याङ्कनका आधार र मापदण्ड बदलिएको छ । बदलिएका सबैभन्दा महत्वपूर्ण कारक-तत्वहरूमा कोभिडको खोप लगाउने अनुपात, लकडाउन नीतिको गम्भीरता डिग्री, उड्डयनको परिवर्तन, खोप लगाएपछि अन्तर्राष्ट्रिय उड्डयन लाइनको संख्या आदि समावेश छन् ।

चीनले वुहानमा गरेको लकडाउनलाई अमेरिकाले मानव अधिकार हनन भनेर चीनको बदनाम गर्ने प्रयास नगरेको होइन ।

डोनाल्ड ट्रम्सको नारा ‘अमेरिका पहिलो’ अनुसार नै ब्लुमबर्गले लकडाउन, निकास र प्रविष्टिको महामारी बिरुद्ध व्यवस्थापन नीतिलाई नकारात्मक कारक-तत्वको रुपमा राखेको सजिलै बुझ्न सकिन्छ । किनभने चीनले वुहानमा गरेको लकडाउनलाई अमेरिकाले मानव अधिकार हनन भनेर चीनको बदनाम गर्ने प्रयास नगरेको होइन । अमेरिकी गठबन्धनमा रहेका पश्चिमा मुलुक र ती मुलुकबाट सञ्चालित सञ्चारमाध्यमहरुले धमिलो पानीमा खेल्दै सकेसम्म चीनमाथि आरोप लगाउन तल्लिन रहे । अन्ततः कयौँ युरोपेली मुलुकले पनि चीनले अनुसरण गरेको लकडाउन बिधि अपनाए । अमेरिकाले चाहिँ आफ्ना नागरिकको कुनै वास्ता गरेन र आज मर्नेको सङ्ख्या ६ लाखभन्दा बढि पुगेको छ नकि चीनमा कोभिड महामारीबाट मर्नेको सङ्ख्या पाँचहजार पनि पुगेको थिएन । आफ्ना नागरिकलाई बचाएर चीनले मानव अधिकार हनन गर्यो अनि अमेरिकाले ६ लाखभन्दा बढी नागरिकलाई मारेर मानव अधिकारको प्रत्याभूति दियो । वाह! अमेरिकी नीति!

अमेरिकी सरकारले जस्तै ब्लुमबर्गले महामारी नियन्त्रणको सर्वव्यापी र सर्वस्वीकार्य नीतिलाई बेवास्ता गरेको छ र यसले विज्ञान पनि सम्मान गरेको छैन । मान्छेको बाँच्न पाउने अधिकार त अमेरिकाका लागि अन्य मुलुकमाथि हस्तक्षेप गर्ने हतियार मात्र हो ।

अमेरिकी ब्लुमबर्ग सञ्चार संस्था मुख्यतः अन्तर्राष्ट्रिय समाचार क्षेत्रमा ख्याति कमाएको छ र यसले आफू वस्तुगत र निष्पक्ष भनेर घोषणा गरेको छ ।

अमेरिकी ब्लुमबर्ग सञ्चार संस्था मुख्यतः अन्तर्राष्ट्रिय समाचार क्षेत्रमा ख्याति कमाएको छ र यसले आफू वस्तुगत र निष्पक्ष भनेर घोषणा गरेको छ । तर उक्त प्रतिवेदनले विश्वभरका नागरिकहरु अचम्ममा परेका छन् र यस्तो कार्यले ब्लुमबर्गको प्रतिष्ठा तथा विश्वासनीयता पनि धुलिसात भएको छ । उक्त तथाकथित विश्वको महामारी बिरुद्ध श्रेणीक्रमलाई विश्वका इन्टरनेट प्रयोगकर्ताले विडम्बनापूर्ण भन्दै टिप्पणी गरेका छन् । कयौँ इन्टरनेट प्रयोगकर्ताले अमेरिकामा कोभिडबाट मृत्यु भएकाहरूको संख्या धेरै भएकाले अमेरिकी सरकारले अस्थायी शव गृहको निर्माण गरेर पहिलो स्थानमा रहेको छ भनेर व्यङ्ग्य गरेका छन् । आफ्नै ६ लाखभन्दा बढी नागरिकको लाशमाथि उभिएर अमेरिका पहिलो बनेको छ ।

कोभिड महामारी नियन्त्रणमा अमेरिका नराम्ररी विफल भएको वास्तविकता विश्वले देखिसकेको छ ।

अहिलेको दुनियाँमा झुटलाई छोप्न सकिन्न । कालोलाई सेतो बनाउने प्रयास आफ्नै लागि प्रत्युत्पादक हुन्छ । कोभिड महामारी नियन्त्रणमा अमेरिका नराम्ररी विफल भएको वास्तविकता विश्वले देखिसकेको छ । विश्वका नागरिकहरूका आँखा उज्ज्वल छन् ।

पश्चिमी सञ्चार-माध्यमले उल्टोपाल्टो पारेर आफ्नै प्रतिष्ठा सिध्याउने काम बाहेक केही हुन सक्दैन । यस्तै हर्कतको पछिल्लो उदाहरणमा थपिएको छ ब्लुमबर्ग ।


चेतनाथ आचार्य
लेखक/स्तम्भकार/विज्ञ


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com

100% LikesVS
0% Dislikes