काठमाडौं, ५ साउन । सुरेश कुमार राउतकाे सम्पादन रहेकाे नयाँ गीत “आयो तिम्रो राजा”को भिडियो सोमबार सार्वजनिक भएको छ । गीतमा नवोदित गायक गणेश थापाको स्वरमा रहेको छ भने गीतको भिडियो बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो ।
गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका तथा मोडल सरिता भारती प्रस्तुत भएका छन् । यी दुईको सम्बन्धमा सहयोगी भएर अर्की मोडल मञ्जुला गिरी पनि कलाकारको रुपमा प्रस्तुत भएकी छन् ।
रोमान्टिक शैलीको यो आधुनिक गीत नृत्य प्रधान रहेको छ । गीतमा सुवर्ण कुमार श्रेष्ठको संगीत र संगीत संयोजन छ । गीतलाई सुदन लुईंटेलले लेखेका हुन् । यो गीतको भिडियो पनि नृत्य प्रधान र आकर्षक बनेको छ ।
गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गरेका छन् । गीतकाे छायाँकन टंक केसी गरेका हुन भने उक्त गीतकाे सम्पादन सुरेश कुमार राउतले गरेका छन् ।
उदयपुर जिल्लामा जन्मिएका सुरेश कुमार राउत एसएलसी सकिएपछि काठमाडौं छिरेका हुन । नेपालको फिल्म कलेज ओस्कार बाट सम्पादन विषयमा स्नतकोत्तर गरेका उनले एक दशक देखि सम्पादन तथा भिजुअल इफेक्टस् को काम गर्दै आएका छन् । नेपालको महंगो पारिश्रमिक लिने सम्पादकहरू मध्ये पर्ने राउतले लगभग ४०० भन्दा बढी भिडियो सम्पादन गरिसकेका छन् ।
राउतले यस्तै थुप्रै डकुमेन्ट्रीको साथै विभिन्न टेलिचलचित्र ,विभिन्न बायोग्रफी ,लघु चलचित्र , बिज्ञापन समेतकाे सम्पादन गर्दै अाइरहेका छन् । राउतले हालसम्म नेपाली सिने तथा संगीत जगतका थुप्रै अवार्ड एवम् सम्मानहरू समेत पाईसकेका छन् ।
गीतकाे भिडियाे