भाग्य : लघुकथा


भाग्य :  लघुकथा

गुरु सँग साइत हेरेर घरबाट अलि पर के पुगेको थिएँ कालो बिरालोले बाटो काट्यो । मैले तुरुन्तै ज्योतिष गुरुलाई फोन गरेँ ।

गुरु- कालो बिरालोले बाटो काट्यो अब म के गरूँ ?

गुरुको तत्काल आज्ञा भो “तपाई तुरुन्तै घर फर्किनुस् राहु कालमा प्रस्थान गर्नुभएको रहेछ काम सफल हुँदैन “

गुरुको आदेश बमोजिम म घर फर्केर आएँ र साइत हेरेर बस्न थालेँ दुई दिन पछि चन्द्रमा दाहिने हुने रहेछ फेरि यात्रा सुरु गर्ने बिचार गरेर घरबाट निस्केर सडकमा मात्र के पुगेको थिएँ एउटी महिला खाली गाग्री बोकेर पानी लिन जाँदै रहेछिन् ।

टक्क अडिएर सोच्न थाले ओहो ! बरबाद हुने भो, खाली गाग्री देखियो अपसगुन हुने भो भन्ने सोचेर ज्योतिष गुरुलाई फोन लगाएँ, 

“गुरु बरबाद भो नि, हिँड्न लागेको थिएँ खाली गाग्री देखियो के गरूँ अब गुरु ?

लौ आज नि बरबाद भो यात्राको साइत जुरेकै रहेन छ भन्ने लागेर निराश भएर ओछ्यान मै पल्टिएर समाचार सुनेर बस्दै थिएँ ।

गुरुले केहि बेर गमेर भन्नुभयो “तुरुन्तै फर्किहाल्नुस् आज जेष्ठा नक्ष्रेत्र रहेछ आज हिँड्नु ठिक छैन “ गुरुको आज्ञा  शिरोपर गर्दै फेरि घर फर्किएँ ।

फेरि दुईचार दिन पछि अब चाहिँ हिँड्नु पर्ला ढिलो नगरौँ भन्ने सोचेर बिहानै हिँड्ने तरखरमा थिएँ । एकाबिहानै घरको ढोका मै आएर कालो काग करायो । लौ आज नि बरबाद भो यात्राको साइत जुरेकै रहेन छ भन्ने लागेर निराश भएर ओछ्यान मै पल्टिएर समाचार सुनेर बस्दै थिएँ ।

एक्कासि गुरुको फोन आयो, ” हजुरको आज ग्रह गोचर धेरै बलियो देखिएको छ कतै नहिँड्नु होला गन्तव्य आफैँ बाजागाजा लिएर हजुरलाई घरमा लिन आउँदै छ “

गुरुको भविष्यवाणीले म दङ्ग पर्दै सोच्दै थिएँ

यता समाचारले फुकिरहेको थियो, “उहाँलाई तुरुन्तै नियुक्ति गरेर बाजागाजा सहित ल्याएर शपथ गराउनु भन्ने श्रीमान पाँचको आदेश भएको छ !


किशन पौडेल
हेटौँडा-४


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com