प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एण्ड जोनसनको खोप लगाउने कार्यको थालनी गरेका छन् ।
यसै क्रममा प्रधानमन्त्रीले सोमबार जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गरेका छन् ।
आजदेखि जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समुहकालाई दिने कार्यक्रम छ । अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप एक जोड मात्रै लगाए पुग्छ ।
जोन्सन एण्ड जोन्सन खोप वैज्ञानिक हिसाबले एक मात्रा मात्र लगाए पुग्ने खोप हो । यो खोप स्वास्थ्य मन्त्रालयको खोप भण्डारसँग मिल्दोजुल्दो छ, दुईदेखि आठ डिग्री सेन्ट्रिग्रेटमा राख्न मिल्छ । तस्बिर सुजन गुरूङ्ग