शेर ब. देउवाले पाए बिश्वासको मत, मोदीले दिए देउवालाई बधाई


लेखक : लेखापढी      ४ श्रावण २०७८, सोमबार ०४:११ मा प्रकाशित     
शेर ब. देउवाले पाए बिश्वासको मत, मोदीले दिए देउवालाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शेरबहादुर देउवालाई बधाई दिएका छन् । आइतबार राति सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीले देउवालाई बधाई दिँदै कार्यसफलताको कामना गरेका छन् । 

देउवाले संसद्बाट विश्वासको मत पाएपछि मोदीले बधाई दिएका हुन् ।

मोदीले देउवाको पालामा दुई देशका नागरिकबीचको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । उनले सबै क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको पनि उल्लेख गरेका छन् ।

देउवाले आइतबार नै संसद्बाट १६५ मतसहित विश्वासकाे मत पाएका हुन् ।

100% LikesVS
0% Dislikes