काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद मातृका यादवले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा १५० जना सासंदले विश्वासको मत दिने दाबी गरेका छन् । देउवाको पक्षमा सर्वोच्च अदालतमा हस्ताक्षर गरेका सबै र अरु केही सांसद थपिने उनले दाबी गरे ।
आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकपछि नेता यादवले सबै मिलेर मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए ।
उनले विश्वासको मत दिएपछि सरकारमा शक्ति बाँडफाँडका बारेमा थप छलफल गरिने पनि बताए ।