फन पार्क (लघुकथा)


[ss_social_share]
लेखक : लेखापढी      २ श्रावण २०७८, शनिबार ११:५५ मा प्रकाशित     
फन पार्क (लघुकथा)

कार्तिककाे बेला थियाे । कुकुर-कुकुर्नीहरू एक अर्कालाई याैन प्यासका लागि लखेट्दै थिए । यत्तिकैमा एउटा पुरूष अधबैंसे तर्फ कर्के नजर लगाएर कसै बिलाैरीले स्याट हानी ।

–“बुढ्याैली फुँडा !”

अधबैंसे छताैरी वाल्ल परी। जुरूकजुरूक भएका उसका याैन आशक्ति एकछिन फेरि लल्याकलुलुक भएर झरे । अर्काे मनले फेरि भन्ठानी ।

–“वाइयात कुरा बेकार भनेछु, पागललाई !”

अलिकति द्विविधा, अलिकति भ्रम र अलिकति साैन्दर्य दम्भले अधबैंसेकाे मन स्थिर थिएन । जे मन लाग्याे तेही कुरा बाेल्थी। उसकाे मनमा एउटै चाेट थियाे ।
–“उसकाे पाेईलाई आफैले गरेकाे हत्या !”

जब उसकाे पाेई “आफै मरेकाे हाे” भनेर सर्जमिन सकियाे तब उसलाई कचहरीका मानिसहरूले लिलामी नायिकाकाे रूपमा हेर्न थालेका थिए । उसकाे मन त बदमास थियाे नै । व्यवहार पनि राैसिलाे थियाे । उसलाई घरधन्दाकाे माेहभन्दा बाहिर कै राैस रमाइलाेमा मन पल्केकाे थियाे । उसकाे गलत चारित्रिक शैली देखेर परिवारहरूले पनि सम्झाए ।
–“धेरै बाइफाले बनेर नहिड्नु !”

एकदिन नियाेजित मान्छेहरूले उसलाई चकलेट दिएर फकाए । उ अलमलिई तर केही दिनपछि साेची ।

–“उता पनि अविश्वास, यता पनि अविश्वास ।”

उ दाेमनमा थिई । उसले विश्वासकाे मत पक्का गरेर कसैलाई दिन खाेजी तर सकिन । बाटाे मै पागल्नी झैं बर्बराउन थाली ।

–“फन पार्क ! फन पार्क !”

रिङ्टाले उ पुर्लुक्क ढली । उसकाे साथमा उडुसकाे रगतमा लत्पतिएकाे राताे झण्डा थियाे । उसले त्याे झण्डालाई खुब च्यापी । कराई । उफ्री र ओठमा छुवाएर भनी ।

–“मेराे फुँडे प्यारा ! अब घाटसम्म सँगै लैजाउ है ?”

पुरूष अधबैंसेलाई जङ चल्याे । उसकाे मनमा अतृप्त चेतबाट घाउ लागेकाे थियाे । उसले दुत्कार्याे अनि उखानले सम्झाउँदै भन्याे ।

–“अघि राँड मानिन, पछि राँड जानिन, भयाे अब !”


डा. विदुर चालिसे


यहाँहरुका लेख-रचनाहरु हामीलाई पठाउन सक्नुहुनेछ ! 
ईमेल- lekhapadhimedia@gmail.com

100% LikesVS
0% Dislikes
Spread the love !
  • 329
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    329
    Shares