चीनले नेपाललाई थप १६ लाख डोज खोप ‘उपहार’ दिने


चीनले नेपाललाई थप १६ लाख डोज खोप ‘उपहार’ दिने

काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप दिन लागेको जनाएको हो । 

नेपालका लागि चिनियाँ राजदूत होऊ याङ्छीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटका क्रममा उक्त जानकारी दिएकी थिइन् । 

भेटका क्रममा प्रधानमन्त्री देउवाले खोपमा चीन सरकारको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । 

यसअघि चीन सरकाले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।