बौद्ध क्षेत्रमा मोबाइल लुट्ने गिरोह पक्राउ


लेखक : लेखापढी      ३१ असार २०७८, बिहीबार १५:०८ मा प्रकाशित     
बौद्ध क्षेत्रमा मोबाइल लुट्ने गिरोह पक्राउ

काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ,  विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् । मोटरसाईकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए ।

उनीहरुको साथबाट लुटेको २० थान मोवाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले बताए । लुटमा संलग्नहरूबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । लुटपाट कार्यका संगलग्नहरु कै अन्य समूह पनि हुन सक्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !