हामी कांग्रेसकै साथमा छौँ, जनतालाई आशा जगाउने काम गर्नुस- माधव नेपाल


[ss_social_share]
लेखक : लेखापढी      ३१ असार २०७८, बिहीबार ०३:४४ मा प्रकाशित     
हामी कांग्रेसकै साथमा छौँ, जनतालाई आशा जगाउने काम गर्नुस- माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम जारी राख्न माधब नेपालले सुझाव दिएका छन् ।

“पहिलो निर्णय सही छ । जनता निराश छन्,आशा जगाउने हो । चिन्ताले नछोड्नुस्,” नेपालको भनाइ उद्धृत गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले भने ।

नेकपा एमालेका सांसद विरोध खतिवडाले भने दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

उनले आफूहरुले रिटमा नै पूर्ण संसदका लागि माग गरेको भन्दै विश्वासको मत दिने कि नदिने भन्ने त्यसमै उल्लेख गरिएको बताए ।
उनले आफूहरुले देउवालाई विश्वासको मत दिन तयार रहेको संकेत पनि गरे ।

“रिटमा जे माग गरेका छौँ त्यो पूरा भएको छैन । यो संसदलाई पूरा कार्यकाल चल्न दिन वैकल्पिक सरकार खोजेको हो,” उनले भने, “त्यसका लागि गठबन्धन जन्मिएको हो । गठबन्धनले संसद्को पूर्ण आयुका लागि काम गर्नेछ ।”

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •