निजी क्षेत्रले निर्धक्क भएर काम गर्नुहोस्: प्रधानमन्त्री देउवाको आग्रह


[ss_social_share]
लेखक : लेखापढी      ३१ असार २०७८, बिहीबार १९:५२ मा प्रकाशित     
निजी क्षेत्रले निर्धक्क भएर काम गर्नुहोस्: प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धक्क भएर काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग बिहीबार सिंहदरबारमा भएको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । उनले समग्र उद्योग व्यवसाय र अर्थतन्त्र कमजोर अवस्थामा रहेको र त्यसलाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई खोपलगायत अन्य आवश्यक कार्यमा आफ्ना तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका छन् । उनले निजी क्षेत्रसँग नजिकमा रहेर कार्य गर्ने पनि बताए । 

प्रधानमन्त्री र अर्थमन्त्रीलाई छुट्टाछुट्टै भेट गरेको महासंघले निजी क्षेत्रलाई कोरोना विरुद्धको खोपको प्राथमिकतामा राख्न आग्रह गरेको छ । यस्तै महासंघले साना तथा मझौला व्यवसायीका लागि तत्काल स्टिमलुस प्याकेज ल्याउन आवश्यक रहेको बताएको छ । 

अध्यक्ष शेखर गोल्छाले थिलोथिलो भएको मुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रलाई माथि उठाउन तत्काल यो क्षेत्रलाई कोभिड खोपमा पहिलो प्राथमिकतामा राख्न पनि आग्रह गरे । यस्तै सरकारको बजेटमा समेटिएका निजी क्षेत्रका लागि ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, साना तथा मझौला उद्यम व्यवसायलाई तत्काल स्टिमुलस प्याकेज ल्याउन र लामो समयदेखिको ट्रङक तथा डेडिकेटेड लाइनको समस्या समाधान गर्न जोड दिएको छ । वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी थिए । 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 540
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    540
    Shares