अटोमेटिक पेस्तोल सहित दुई जना पक्राउ


लेखक : लेखापढी      २९ असार २०७८, मंगलवार १४:११ मा प्रकाशित     
अटोमेटिक पेस्तोल सहित दुई जना पक्राउ

काठमाडौं । सिरहामा अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–१० पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र  सोही ठाउँ बस्ने २२ वर्षीय रूपेस यादव रहेका छन् ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

गोलबजार नगरपालिका–९ स्थित आँपको बगैंचाबाट मेडइन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, त्यसको १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

100% LikesVS
0% Dislikes
Spread the love !