कोभिड बिरुद्धको अमेरिकी खोप यी व्यक्तिहरुले पाउने,एक डोज लगाए पुग्ने


लेखक : लेखापढी      २८ असार २०७८, सोमबार १४:४७ मा प्रकाशित     
कोभिड बिरुद्धको अमेरिकी खोप यी व्यक्तिहरुले पाउने,एक डोज लगाए पुग्ने

काठमाडौं । अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप ५० देखि ५५ वर्षका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।

मन्त्री श्रेष्ठले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले पठाएको जोन्सन एन्ड जोन्सन खोप बुझ्दै प्राथमिकताका आधारमा अहिले आएको खोप उक्त उमेर समूहलाई दिइने तयारी गरिएको जानकारी दिए । खोप अभियान छिट्टै सञ्चालन गर्ने पनि मन्त्री श्रेष्ठले बताए ।

अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत पठाएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्रै लगाइने खोप हो ।

100% LikesVS
0% Dislikes
Spread the love !