स्याङजा र गोरखामा कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा भेटियो


लेखक : लेखापढी      २७ असार २०७८, आईतवार १४:३६ मा प्रकाशित     
स्याङजा र गोरखामा कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा भेटियो

काठमाडौं । गण्डकी प्रदेशमा कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा फेला परेको पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिनोम सिक्वेन्सिङका लागि गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो । 

डेल्टा भेरियन्ट पुष्टि हुनेमा स्याङजाको कालीगण्डकी गाउँपालिकाका दुईजना पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तीन महिला छन् । नेपालमा दोस्रो लहरको कोभिड संक्रमणमा सबैभन्दा धेरै संक्रमितमा डेल्टा भेरियन्ट देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

पछिल्लो समय नेपालमा ९ जनामा डेल्टाको म्युटेन्ट भेरियन्ट एवाई.१समेत पुष्टि भइसकेको छ ।  
No description available.

100% LikesVS
0% Dislikes
Spread the love !