काठमाडौं । सिंहदरबार घेराउ गर्न पुगेका नागरिक समाजका अगुवाहरु पक्राउ परेका छन् । सिंहदरबार मार्चका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, नारायण वाग्ले, विमल अर्याल, अर्चना थापालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी गर्दागर्दै अभियान्ताहरु पक्राउ परेका हुन् ।