सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, संघर्ष समिति गठन


सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, संघर्ष समिति गठन

धनगढी । यातायात ब्याबसायिहरुलाई कर तिर्न गरेको ताकेता बिरुद्ध सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित भएका छन । लकडाउनले धरासायी भएका आफुहरुलाई जोगाउनुको साटो करहरु तिर्न ताकेता गरिरहेको भन्दै आन्दोलित भएका हुन । सुदूरपश्चिम प्रदेशस्तरीय यातायात कम्पनी प्रालीहरुको संयुक्त भेलाले संघर्ष समिति समेत गठन गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा महाकाली यातायात बहुउद्देश्यीय प्रालीका अध्यक्ष डम्मरराज पन्तको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको हो । भेलामा यातायात व्यवसायी र यातायात क्षेत्रमा कार्यरत मजदुरहरुले सरकारले गरेको लकडाउका कारण भोग्नुपरेका समस्यहरुको बारेमा छलफल गरेका थिए ।

भेलाले संघर्ष समितिको सदस्य सचिवमा खप्तड यातायात प्रा।लिका अध्यक्ष आनन्तराज जोशी र कोषध्यक्षमा सुन्दर सुदूरपश्चिम यातायात प्रा.ली का बरिष्ठ उपाध्यक्ष गणेशराज पाण्डेलाई चयन गरेको छ ।

भेलामा सहभागी १५ वटै कम्पनी र मजुदुर संघसस्थाहरु सदस्य रहने गरी संघर्ष समिति चयन गरिएको हो । भेलाले संघर्ष समितिको प्रथम बैठकद्धारा कार्यदल सम्पादन समिति राख्न सक्ने अधिकार दिने निर्णय पनि गरेको छ ।