मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा लिप्त यी ३ जना पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २६ असार २०७८, शनिबार ०४:४६ मा प्रकाशित     
मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा लिप्त यी ३ जना पक्राउ

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु यौन कार्य गर्दा गर्दै पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीकाे भनाइ छ ।

गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा एक महिला र पुरुषहरुलाई देखेका थिए । पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन्। महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। खत्री र कार्की नातेदार रहेको बताइएको छ।

नेपालमा गाडी भित्र यौन कार्यमा संलग्न जाेडी पक्राउ परेकाे याे पहिलाे घटना भने हाेइन । पाँच वर्ष अघि चितवन प्रहरीले एक माेडललाइ गाडी भित्रै रंगेहात पक्राउ परेकाे थियाे । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल अन्तरगतको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •