बंगलादेशको एक जुस फ्याक्ट्रीमा भयानक आगलागी


[ss_social_share]
लेखक : लेखापढी      २६ असार २०७८, शनिबार ०३:३८ मा प्रकाशित     
बंगलादेशको एक जुस फ्याक्ट्रीमा भयानक आगलागी

ढाका- बंगलादेशको राजधानी ढाकाको नारायणगन्जस्थित जुस फ्याक्ट्रीमा आगलागी हुँदा कम्तिमा ५२ जनाको मृत्यु भएको छ ।

६ तले भवनमा लागेको भीषण आगलागी शुक्रबार अवेरसम्म निभेको छैन । जुन बिहीबारदेखि नै सुरु भएको थियो । आगलागीबाट २० जना घाइते भएका छन् ।

अग्लो भवनमा भीषण आगलागी भएकाले निभाउन नसकिएको बताइएको छ । यद्यपि अग्नि नियन्त्रक तथा उद्वारकर्मीहरु अवेरसम्म खटिरहेका छन् ।

भवनको भुइँतलादेखि नै आगलागी सुरु भएपछि फ्याक्ट्रीमा काम गर्ने कामदारहरु माथिका तलाबाट ज्यान जोगाउन हामफालेका समेत थिए । यसरी हामफाल्ने क्रममा तीनजनाको मृत्यु भएको छ । उक्त भवनमा कसरि आगलागी भयो भन्ने कुराको अझै पत्ता लागेको छैन |

बंगलादेशमा हरेक वर्ष भवनको कमजोर सुरक्षा र अग्नि नियन्त्रण संरचनाका कारण यस्तै प्रकृतिका दर्जनौँ आगलागीका घटना हुने गर्छन् । यसपटकको आगलागीको घटनालाई २०१६ देखिकै सबैभन्दा ठूलो घटनाको रुपमा लिइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •