आइपुग्यो चीनबाट खरीद गरिएको आठ लाख मात्रा ‘भेरोसेल’ खोप


लेखक : लेखापढी      २५ असार २०७८, शुक्रबार १४:५० मा प्रकाशित     
आइपुग्यो चीनबाट खरीद गरिएको आठ लाख मात्रा ‘भेरोसेल’ खोप

 चीनबाट खरीद गरिएको कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको छ  ।

सरकार र खोप कम्पनीबीच नन डिस्क्लोजर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन ।  सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए । उनले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिए ।

साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

 

50% LikesVS
50% Dislikes
Spread the love !