गीत: खोरियाको………!!


लेखक : लेखापढी      २४ असार २०७८, बिहीबार १६:१४ मा प्रकाशित     
गीत: खोरियाको………!!

खोरियाको माया लाग्छ बनपाखा को माया!
जहाँ जान्छु पछ्या्उँछ वर पिपलको छायाँ!
खोरियाको………!!

गाई बाख्रा चराउथ्यौं बाल्यकालमा खर्क तिर!
अझैसम्म मन,मस्तिष्कमा गुराँस फूल्ने भिर!
टारिखेतको सम्झना छ घाँस परालको माया!
सहर बजार जता डुल्छु भेटछु गाँउकै छाया!
खोरियाको………!!

मेलापात गर्दै हिड्छिन वृधा भएकि आमा!
ओछ्यानमै थलिएछन् दमको रोगले बाबा!
सम्झनाले छाती पोल्छ सबको लाग्छ माया!
पसिनाको खोलो बग्छ देख्छु साँहुको छाँया!
खोरियाको………!!


आकाश अधिकारी
तनहुँ, नेपाल

100% LikesVS
0% Dislikes