कैलालीमा बालक हत्या प्रकरणः आरोपमा दुई किशोरी पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २४ असार २०७८, बिहीबार १६:४९ मा प्रकाशित     
कैलालीमा बालक हत्या प्रकरणः आरोपमा दुई किशोरी पक्राउ

कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक बिष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ। 

कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार अनुसन्धानको क्रममा पारिवारिक रिसिबीका कारण ति किशोरीले हत्याको योजना बनाएको समेत खुलेको छ ।

घर देखि करिब पाँच सय मिटर उत्तरतर्फ कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेको पनि एसपी अधिकारीले बताए । प्रहरीले ति किशोरीकी १४ वर्षीया साथीलाई पनि पक्राउ गर्दै अनुसन्धान गरिरहेको जनाएको छ ।

बालक बेपत्ता भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खोज तलासका लागि कुकुरको प्रयोग भएको थियो भने बिशेषज्ञ टोली पनि परिचालन गरिएको थियो। अनुसन्धानकै क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल पनि घटनास्थल पुगेका थिए।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •