प्रहरीका एआईजीहरुको सरुवा तयारी
काठमाडौँ- नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गर्न लागिएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले एआईजीहरुको सरुवा गर्न लागेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी हरि बहादुर पाललाई ७ महिनामै सरुवा गर्न लागिएको छ । गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेर महानगरीय प्रहरी कार्यालयमा निरज बहादुर शाहीलाई पठाउन प्रहरी प्रधान कार्यालयले प्रस्ताव पठाएको छ ।
मानवस्रोत तथा प्रशासन विभागमा एआईजी विश्वराज पोखरेल र कार्य विभागमा प्रद्युम्न कार्कीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । अपराध अनुसन्धान विभागमा गतसाता बढुवा सिफारिस भएका सहकुल बहादुर थापालाई पदस्थापन गर्न प्रस्ताव गरिएको छ ।
–रातोपाटिबाट