५ मुक्तक (रघुविर चन्द)


लेखक : लेखापढी      २४ असार २०७८, बिहीबार १७:२६ मा प्रकाशित     
५ मुक्तक (रघुविर चन्द)
आउ सबै सज्जन हो ! एउटा सुन्दर गाउ बनाऔ
दु :खको सागर पारी तार्ने सतधर्मको नाउ बनाऔ
दुनियाँ जाली, फटाहा पापै पापको आखडा भयो
मानव अस्थित्व जोगाउने सुरक्षित ठाउँ बनाऔ

आज बलात्कार हुन्छ भोली पल्ट लास पाउँछ
पर्सिपल्ट समाचार भै संजाल मा छाउँछ
निकोपर्सी न्याय को लागि खैलाबैला मच्चिन्छ र!
यत्तिकैमा चेलीको जीबनकहानी हराउँछ

देश कसोरी उँभो लाग्छ लक्ष्यको डोरी छिनेपछि
आफ्नै दुनो सोझ्याउन एकापसमा भिंडेपछि
भावना र वाचाबन्धन सधैंभरी लत्याएर
झूटो खेती आश्वासनको गर्दै सबले हिंडेपछि

मुखले ठिक्क मनले दिक्क पारेर बिताउँछन
मेरो गोरूको बाह्रै टक्का ले भलो हुने चिताउँछन
एकापसमा भाईचाराको नाता सम्बन्ध तोडेर
मानब भई दानब बनी एकअर्कालाई सिध्याउँछन

तलदेखि माथिसम्म लुटने स्वभाव भएपछि
राम्रो होईन हाम्रोकै सधै प्रभाव भएपछि
निराशा र सन्ताप मात्रै किन नहोस समाजमा?
हुदाखाने र हुनेखाने बीच भेदभाव भएपछि 


रघुबिर चन्द
बेदकाेट, कञ्चनपुर

50% LikesVS
50% Dislikes